+
+
Shares

सप्तरीका ५०० घर डुबानमा

रासस रासस
२०८३ असोज ११ गते ५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको हनुमाननगर कङ्कालिनी र तिलाठी कोइलाडीमा बाढी पस्दा ५०० घर डुबानमा परेर दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।
  • हनुमाननगर कङ्कालिनी–५, ७, १२ र १३ का ४८३ तथा तिलाठी कोइलाडी–४ र ५ का १७ घर बाढीले डुबानमा पारेका छन्।
  • नगर प्रमुख वीरेन्द्र माझीले भने, 'बाढीबाट प्रभावित भएकाहरूका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरे पनि अलिकति पानी कम भएपछि पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइनेछ ।'

११ असोज, सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ बाढी पस्दा १७ घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका छन् ।

शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमान नगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताए ।

उनले भने, ‘बाढीबाट प्रभावित भएकाहरूका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरे पनि अलिकति पानी कम भएपछि पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइनेछ ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?