+
+
Shares

गैंडाकोटमा बाढी पस्दा ३५ जना विस्थापित

वडाध्यक्षको घरमा पनि बाढी पस्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते ९:१२
डुबान प्रभावितको उद्धार गर्दै सशस्त्र प्रहरीको टोली

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वी नवलपरासीको गैँडाकोटमा अविरल वर्षाका कारण आएको बाढीले ३५ जनालाई विस्थापित बनाएको छ।
  • गैँडाकोट-४ का ९ घरमा बाढी पसेपछि प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थानीयको उद्धार गरेका छन्।
  • गैँडाकोट-१५ मा पनि बाढी पस्दा वडाध्यक्षको घरसहित अन्य स्थानमा धान र लत्ताकपडामा क्षति पुगेको छ।

३० असार, काठमाडौं । अविरल वर्षाका कारण पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाका विभिन्न स्थानमा डुबान हुँदा ३५ जना विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित भएकाहरु आफन्त तथा छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन् ।

स्थानीयका अनुसार भृकुटीचोक, बेल्डिहा, प्रगति टोल, झापर्दी टोल लगायत क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति करिब १० बजे गैँडाकोट नगरपालिका–४ मा जंगल क्षेत्रबाट आएको बाढी र नालाको पानी बस्तीमा पसेको थियो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक लक्ष्मण गिरीको नेतृत्वमा २० जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्मको टोली उद्धारमा खटिएको थियो ।

सो ठाउँबाट ९ घरका ३५ जना सदस्यलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानवीय तथा चौपायाको क्षति भने भएको छैन ।

प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

वडाध्यक्षको घरमा पनि बाढी पस्यो

यस्तै, सोमबार राति करिब ११ बजे गैँडाकोट नगरपालिका–१५ मा पनि वर्षाको पानी र नालीको बहाव घरमा पस्दा वडा अध्यक्ष प्रेमराज तिमल्सिनाको घरको तल्लो तलामा राखिएको करिब २० क्विन्टल धान तथा लत्ताकपडा भिजेको छ ।

सोही स्थानीय सुदीप रानाभाटको घरमा पनि पानी बाढी पस्दा लत्ताकपडा भिजेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश भण्डारीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?