+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

युरोपमा कारखाना खोल्ने हुवावेको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २५ गते ७:३९

चिनियाँ दिग्गज टेलिकम कम्पनी हुवावेले युरोपेली क्षेत्रमा आफ्नो उत्पादनकेन्द्र खोल्ने भएको छ ।

हुवावेसँगको सम्बन्धविच्छेद गर्न अमेरिकाले युरोपेली युनियन सम्बद्ध देशहरूलाई दिइरहेको बेवास्तालाई निस्तेज पार्नका लागि हुवावेले यस्तो निर्णय गरेको हो ।

हुवावेका युरोपक्षेत्र हेर्ने उच्च अधिकारी अब्राहम लिउले ब्रसेल्समा आयोजित चिनियाँ नयाँ वर्ष समारोहमा बोल्दै हुवावे युरोपप्रति अभूतपूर्व रूपमा प्रतिबद्ध भएको बताए ।
‘त्यसैले हामीले युरोपमा निर्माणकेन्द्र स्थापना गर्ने निर्णय गरेका हौं । अब युरोपका लागि ‘मेड इन युरोप’ फाइभ जी प्रविधि तयार गरिनेछ,’ उनले भने ।

फाइभ जी संरचनाको माध्यमबाट कुनै पनि टेलिकम अपरेटरले मुलुकको सुरक्षामा जोखिम उत्पन्न गरेको अनुभूत भएमा त्यस्ता अपरेटरलाई सदस्य मुलुकहरूले प्रतिबन्ध लगाउन सक्नेगरी युरोपेली युनियनले निर्णय गरेको केही दिनपछि नै हुवावेले यस्तो घोषणा गरेको हो ।

इयूको यो निर्णयसँगै अब हुवावेमाथि प्रतिबन्ध लगाउने/नलगाउने निर्णय सदस्य मुलुकहरूले गर्न पाउनेछन् । अर्थात् हुवावेसँगको सम्बन्ध तोड्न अमेरिकाले दिने दबाव मान्न इयू सदस्यहरू बाध्य हुने छैनन् ।

युरोपमै फाइज जी सम्बद्ध प्रविधिको उत्पादन गर्ने हुवावेको घोषणाबाट युरोपेली मुलकुहरूलाई हुवावेप्रतिको आशंकासमेत गर्न गर्न सघाउ पुग्ने बताइएको छ । हुवावेका अनुसार, १२ वटा युरोपेली युनियन आबद्ध मुलुकहरूमा गरी कम्पनीका दुईवटा क्षेत्रीय केन्द्र तथा २३ वटा अनुसन्धानकेन्द्र हुनेछन् । त्यसमा हुवावेले १३ हजार जनालाई रोजगारी दिनेछ ।

हुवावे विश्वको सबैभन्दा ठूलो नेटवर्क टेक्नोलोजी आपूर्तिकर्ता कम्पनी हो । फाइभ जी प्रविधिको क्षेत्रमा युरोपेली कम्पनीहरू नोकिया र इरिक्सनभन्दा हुवावे निकै अगाडि रहेको छ ।

हुवावेमार्फत चीन सरकारले अन्य मुलुकहरूमा जासुसी गर्ने गरेको र यसले साइबर असुरक्षा मात्र नभई राष्ट्रिय सुरक्षामै खतरा पैदा गरेको आरोप लगाउँदै अमेरिकाले हुवावेमाथि बन्देज लगाउँदै आएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?