Comments Add Comment

कोरोना भित्रिन नदिन पशुसेवा विभागले निगरानी बढाउँदै

२६ माघ, काठमाडौं । कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न पशु सेवा विभागले पूर्व निगरानी तथा अध्ययन कार्यदल गठन गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको अधिकृत सम्मिलित कार्यदलले कोराना रोग पहिचान प्रयोगशालालाई सकि्रय बनाउँदै पशुपंक्षीका कारण रोग भित्रिन नदिन काम गर्ने पशु सेवा विभागका महानिर्देशक वंशी शर्माले बताए ।

पशुपंक्षीबाटै रोग फैलिएको विश्व स्वास्थ्य संगठनको ठहरपछि पशुपन्छीमा यो रोगको संकमण भए नभएको जाँच गर्न तथा नेपाल भित्रिने पशुपंक्षी जन्य वस्तुको कडा निगरानी गर्न कार्यदलले काम गर्ने महानिर्देशक शर्माले बताए ।

कार्यदलले देशै भरका पशु क्वारेन्टाइन कार्यालयलाई स्वस्थता जाँच प्रमाण पत्र बिनाका आयात भएका वस्तु नष्ट गर्न समन्वयको काम गर्ने विभागले जनाएको छ ।

यस्तै विमान सेवाबाट पशुपन्क्षी तथा मासुजन्य पदार्थ बोकेर आउने यात्रुको जाँचका लागि नागरिक उड्ययनसँग समन्वय गर्न कार्यदलले काम गर्ने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment