+
+
Shares

एमसीसी अध्ययन कार्यदलले प्रतिवेदन लेख्न भ्याएन, म्याद थप्न माग

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २८ गते १२:३५

२८ माघ, काठमाडौं । झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलले १० दिनको समयसीमाभित्र प्रतिवदेन तयार पार्न नसक्ने निश्कर्ष निकाल्दै म्याद थपका लागि नेकपा नेतृत्वसँग आग्रह गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको तीन सदस्यीय कार्यदलको बैठकले म्याद थपका लागि नेकपा सचिवालयसमक्ष माग गर्ने निर्णय गरेको हो ।

गत माघ १९ गते नेकपा केन्द्रीय कमिटीको बैठकले झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले पाएको १० दिने समयसीमा (भोलि) बुधबार सकिँदैछ ।

कार्यदल गठन भएको भोलिपल्टदेखि नै अध्ययन सामाग्रीहरु जुटाएर काम गर्दा पनि प्रतिवेदन लेखनमा समय नपुगेकाले म्याद थपका लागि पार्टीसँग आग्रह गर्ने निर्णय गरिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

स्रोतले भन्यो, ‘अध्ययन गर्न समय लागेकाले प्रतिवेदन लेखनका लागि म्याद थप्न आग्रह गर्ने निर्णय भएको छ ।’

मंगलबार सिंहदरबारको बैठकपछि कार्यदलका संयोजक झलनाथ खनालले अनलाइनखबरसँग भने, ‘हामीले अध्ययन गरिराखेका छौं, तर लेखन कार्य नभ्याइन सक्छ, लेखन कार्य सिद्धिएन भने म्याद थपिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?