+
+

१९ अंकले बढ्यो नेप्से परिसूचक, करिब २ अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते १६:५३

४ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । दिनभर भएको उताचढावबीच नेप्से परिसूचक १९.३९ अंकले बढेर १ हजार ३ सय ६३ दशमलव ९७ अंकमा पुगेको छ ।

सेयर कारोबार रकम पनि २ अर्ब नजिक पगुेको छ । दिनभर भएका १ सय ७६ कम्पनीको १८ हजार ८ सय ८५ कारोबारबाट ४१ लाख ५ हजार १ सय ३४ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम १ अर्ब ९७ करोड ८१ लाख ८ हजार ७ सय १ रुपैयाँ पुगेको नेपाल सटक एक्सचेञ्जले जनाएको छ ।

कारोबार रकमका आधारमा आइतबार हिमालय डिस्टीलरी पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको १८ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । हिमालय डिस्टीलरी पछि शिवम् सिमेन्टको धेरै कारोबार भएको छ । शिवम्को १३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

सेयर कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्यारेन्स कम्पनी, सूर्या लाइफ इन्स्यारेन्स कम्पनी र शिखर इन्स्यारेन्स कम्पनी क्रमशः तेस्रो, चौथो र पाँचौ नम्बरमा देखिएका छन् ।

नेपाल लाइफको कारोबार रकम ९ करोड रुपैयाँ माथि पुग्दा सूर्या र शिखरको ६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

सबै उपसमूहहरु हरियाली देखिदा फाइनान्स कम्पनीहरु र अन्य उपसमूहमा कारोबार हुने कम्पनीहरु भने घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?