Comments Add Comment

‘अमेरिकन आइडल’मा छानिए नेपालका दिवस

२० वर्षिय दिवस पोखरेल ‘अमेरिकन आइडल’मा छनोट भएका छन् । आइतबार ‘एवीसी’बाट प्रशारण भएको यो चर्चित रियालिटी शोको पहिलो एपिसोडबाट नै दिवस छनोट भएका हुन् ।

आर्थर गनको नामबाट चिनिएका उनले अंग्रेजी गीत सुनाएका थिए । गितार सहित अडिसनमा पुगेका उनले बब दिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’बाट आफ्नो अडिसन सुरु गरेका थिए । उनले निर्णायकहरुलाई ‘सम टोल्ड मि लङ अगो’ पनि सुनाएका थिए ।

दिवसको प्रस्तुतिपछि निर्णायकहरुले उनको गायकीको खुलेर प्रशंसा गरे । निर्णायकहरुले उनलाई अमेरिकन आइडलको एउटा आशलाग्दो प्रतियोगी भएको प्रतिक्रिया दिए । निर्णायकहरुले उनलाई ‘हामीले भन्न खोजेको स्टोरी नै तिमी हौँ’ भनेका थिए । यस्तो प्रतिक्रियाबाट दिवस खुशी भएका थिए । दिवसले स्टेजमा पुगेर ‘नमस्ते’ शब्दले नेपालको परिचय दिए ।

उनले नेपाल निकै सुन्दर र शान्त देश भएको पनि बताएका थिए । दिवसको परिचयको लागि यो भागमा नेपालका केही सुन्दर दृष्यहरु पनि देखाइएको थियो । दिवस काठमाण्डौंमा जन्मिएका हुन् । उनी उच्च शिक्षाको लागि ६ वर्ष अघि अमेरिका पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment