+

इस्टर्न रिजन टी २० मा ५ टिममात्रै, नेपालको पहिलो खेल मलेसियासंग

२०७६ फागुन  ५ गते १५:१५ २०७६ फागुन ५ गते १५:१५
इस्टर्न रिजन टी २० मा ५ टिममात्रै, नेपालको पहिलो खेल मलेसियासंग

५ फागुन, काठमाडौं । फागुन तेस्रो सातादेखि थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा ५ टिमले मात्र सहभागिता जनाउने भएको छ ।

आयोजक एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सोमबार ५ टिम मात्र खेल्नेगरी खेल तालिका सार्वजनिक गरेको छ । जसमा नेपाल हङकङ सिंगापुर मलेसिया र थाइल्याण्ड छन् । यसअघि चीन भुटान र म्यानमारले पनि खेल्ने तयारी थियो ।

खेल तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियासंग खेल्नेछ । नेपालले फेब्रुअरी २९ मा पहिलो खेल मलेसियासंग खेल्नेछ । राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले मार्च १ मा हङकङसँग, मार्च ४ मा थाइल्याण्डसँग  र मार्च ६ मा सिंगापुरसँग खेल्नेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय