+

रोस टेलरले बनाए नयाँ कीर्तिमान

२०७६ फागुन  ९ गते ११:४६ २०७६ फागुन ९ गते ११:४६
रोस टेलरले बनाए नयाँ कीर्तिमान

काठमाडौं । न्युजिल्याण्डका ब्याट्सम्यान रोस टेलरले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । उनी आईसीसीको तीनवटै फर्म्याटमा शतक पूरा गर्ने पहिलो खेलाडी बने । अर्थात टेष्ट, ओडीआई र टी-२०आईमा एक सय खेल्ने खेल्ने पहिलो खेलाडीको कीर्तिमान उनले बनाएका हुन् ।

घरेलु भूमिमा शुक्रबारदेखि सुरु भएको भारतविरुद्ध पहिलो टेष्टमा मैदान उत्रिएपछि टेलरले यो कीर्तिमान बनाए । यो उनको एक सयौँ टेष्ट क्रिकेट खेल हो । सयौँ टेष्ट खेलमा न्युजिल्याण्डले पहिले फिल्डिङ गर्दा टेलररले भारती यकप्तान विराट कोहलीको क्याच समेत लिए।

न्युजिल्याण्डका लागि भने टेष्टमा १०० खेल खेल्ने उनी चौथो खेलाडी हुन्। यसअघि स्टेफेन प्लेमिङ, ड्यानिएल भेटोरी र ब्रेण्डन म्याकुलमले टेष्टमा १०० खेल खेलिसकेका छन् ।

यसअघि उनले ओडीआईमा २३१ खेल खेलिसकेका छन् भने टी-२० मा पनि १०० खेल खेलिसकेका छन् ।

सन् २००६ मा ओडीआई र टी-२० आईमा डेब्यु गरेका टेललरले त्यसको अको वर्ष टेष्टमा डेब्यु गरेका थिए । उनले ओडीआईमा वेष्ट इन्डिजविरुद्ध, टी-२० मा श्रीलंकाविरुद्ध र टेष्टमा दक्षिण अफ्रिकाविरुद्ध डेब्यु गरेका थिए ।

यसअघि तीनवटै फर्म्याटमा ५० खेल पूरा गर्ने पहिलो खेलाडी न्युजिल्याण्डकै पूर्वकप्तान ब्रेण्डन म्याकुलम थिए । उनले २०१२ मा यो उपलब्धि हासिल गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय