Comments Add Comment

पलले भने–‘पूजा मेरो बेष्ट फ्रेन्ड’

नायक पल शाहले शनिबार आफ्नो जन्मदिन मनाए । जन्मदिनको दिनमा उनलाई भ्याइनभ्याई नै थियो । घरपरिवारदेखि चलचित्र ‘म यस्तो गीत गाउँछु २’को टिमसँग जन्मदिन मनाउँदै गर्दा पल निकै खुशी देखिए ।

नायक पल शाहले विशेषगरि, आफूले सबैको अनुहारमा खुशी देख्न चाहेको बताउँदै कसैलाई पनि दुःखी देख्न नचाहने बताए ।

‘म यस्तो गीत गाउँछु २’की नायिका पूजा शर्माको प्रशंसा गर्दै पलले भने–‘मलाई पूजाले हरेक पाइलामा साथ दिएकी छिन् । कहिलेकाही कमजोरी हुँदा पनि मलाई सिकाएकी छिन् । एउटा बेष्ट फ्रेन्ड र सहकर्मी कलाकारमा हुनुपर्ने गुण यही नै हो । पूजाले मलाई उनकै घरको संझिन्छिन् होला ।’

नायिका पूजा शर्माले पनि पलको कामप्रतिको लगावको प्रशंसा गरिन् । उनले पलका लागि चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘दुःखको काँडा’ बोलको गीत गाएर सुनाइन् । निर्देशक सुदर्शन थापाले चलचित्रको प्रमोशन पलको जन्मदिनबाट नै सुरु भएको बताए ।

पललाई चलचित्रका संगीतकार अर्जुन पोखरेल, कोरियोग्राफर रामजी लामिछाने, वितरक करण क्रेजीले शुभकामना दिएका थिए । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुणको ३० गतेबाट रिलिज हुँदैछ ।

चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसलाई ‘आशिकी २’बाट प्रभावित भएको आरोप समेत लाग्दै आएको छ । नायक शाहले यो बिषयमा भने–‘दर्शकले अनुमान गर्न पाउनुहुन्छ । तर, चलचित्र कतैबाट पनि प्रभावित छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment