+
+
Shares

नागबहालमा भेटिएका १२६ बुद्धहरु [ फोटो फिचर ]

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ फागुन १५ गते २२:१४

काठमाडौं । १२६ बुद्धहरू एकै ठाउँ ! बिहीबार पाटनको नागबहालमा यस्तै संयोग जुर्‍यो ।

हरेक पाँच वर्षमा मनाइने सम्यक महादान अर्थात् दिपंकर पर्वको अवसरमा दिपंकर बुद्धहरु आफ्नो विहारबाट बाहिर निस्किएका हुन् ।  उनीहरु लुगा, गरगहनामा सजिएका थिए ।

दिपंकरका विशाल प्रतिमा नागबहालमा प्रदर्शन गर्नु र नेवार तथा बौद्ध परम्पराअनुसार शाक्य तथा बज्राचार्य भिक्षुहरूहरुलाई दान दिनु यो पर्वको विशेषता हो ।

पाटनमा १५ विहारका बुद्धहरू सम्यक महादानमा भेला हुन्छन् । १२६ बुद्ध फागुन शुक्ल चौथीका दिन पाटन दरबार क्षेत्रमा भेला भए र बाजागाजासहित नाच्दै विभिन्न ठाउँ परिक्रमा गरेर नागबहालको गेटबाट प्रवेश गरेका थिए ।

र, आजुहरूले पूजा गरेर उनीहरूलाई बिदा गरेपछि सम्यक महादान पर्व सकिन्छ ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?