+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

टेकु अस्पतालबाट भागेका व्यक्ति कोराना संक्रमित होइनन्

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते १५:५५

२२ फागुन, काठमाडौं । बिहीबार मध्यान्ह एउटा खबर फैलियो, कोरोना संक्रमणको आशंका गरिएका विरामी टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल आइसोलेसन बार्डबाट भागे । विश्वभर फैलिएको कोरोना संक्रमणको त्रासमा रहेकाहरुलाई यो समाचारले थप अत्याउनु स्वाभाविक थियो ।

तर यसमा वास्तविकता केही फरक छ ।

टेकु अस्पतालमा क्वारेन्टाइनमा राखिएका एक व्यक्ति भागेका हुन्, तर उनी कोरोना संक्रमित होइनन् ।

अस्पतालका डा. अनुप बास्तोलाका अनुसार हालै मात्र दक्षिण कोरियाबाट आएका सुनसरी घर भएका ती व्यक्ति मंगलबार अस्पताल आए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चेकजाँच गर्दा ज्वरो आएको नपाइएपछि उनलाई थप चेकजाँच गरिएन ।

तर मंगलबार उनी आफैं टेकु अस्पताल पुगे । चेकजाँच गर्दा कोरोना संक्रमण भएको लक्षण नदेखिएपछि चिकित्सकहरुले परामर्श दिएर घर पठाएका थिए ।

‘बुधबार फेरि मलाई कोरोना भाइरस लागेको छ, मलाई बचाउनुस् भन्दै आउनुभयो’ अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले अनलाइनखबरसँग भने, ‘चेकजाँच गर्दा त्यस्तो लक्षण देखिएन ।’ तर उनी एकदमै आत्तिएका कारण उपचार गर्छौ नआत्तिनुस् भनेर क्वारेन्टाइनमा बस्न आग्रह गरिएको डा. बास्तोलाको भनाइ छ ।

त्यसअनुसार उनी क्वारेन्टाइनमा बसे । तर बिहीबार विहानै उनी अस्पतालबाट सुटुक्क हिँडेको पाइएको छ । त्यसपछि अस्पतालले खोजी गरिदिन प्रहरीलाई पनि आग्रह गरेको थियो ।

उनी त्रिभुवन विमानस्थलबाट घर जान लागेको पाइएको छ र अस्पतालको सम्पर्कमा आएका छन् । उनी कोरोना संक्रमणको आशंका गरिएका व्यक्ति नभएको टेकु अस्पतालका प्रवक्ता डा. बास्तोलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?