Comments Add Comment

बिनस्टक एशियालाई मिस नेपाल २०२० को क्रिएटिभ तथा डिजिटल मार्केटिङको जिम्मेवारी 

२२ फागुन, काठमाडौं । द हिडल ट्रिएजरको फ्रान्चाइज मिस नेपाल २०२० को क्रिएटिभ तथा डिजिटल मार्केटिङको अधिकार बिनस्टक एशियाले पाएको छ । यसको स्थापना सन् १९९५ मा भएको थियो ।

यो नियोगले नेपालमा मिस नेपाल २०२० को विस्तारको काम गर्नेछ । साथै उसले नीतिगत सहकार्य र  समन्वय र उत्कृष्ट डिजिटल मार्केटिङ लगायतका विभिन्न तरिकाले विश्वमा पनि चिनाउन सहयोग पुर्याउनेछ ।

बिनस्टकएशियाका संस्थापक उपेन्द्र सिंह ठाकुरले भने, ‘नेपालमा मिस नेपाल ब्राण्डको छविमा सुधारका साथै हामी अन्य ब्राण्ड तथा सेवा कम्पनीसँग सहकार्य गरेर नयाँ प्रेरणा दिने काम पनि गर्नेछौं ।’

मिस नेपालको अधिकारको विषयमा बोल्दै बिनस्टकएशियाका व्यवसाय, नीति तथा योजना प्रमुख सुबोध  थापाले भने, ‘यो सौन्दर्य प्रतियोगितालाई भव्य तरिकाले सम्पन्न गर्न द हिडन ट्रिएजरसँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौं ।’

द हिडन ट्रिएजरका प्रमोटर प्रमोदरत्न कंसाकारले भने, ‘हामी बिनस्टकएशियालाई हाम्रो सृजनशीलता तथा डिजिटल सहकर्मी बनाउन पाउँदा पाउँदा निकै खुसी छौं । यसबाट हाम्रो ब्राण्डलाई अफलाइन र अनलाइन जगतमा स्थापित गर्न र यसको आकर्षण नेपालमा मात्र नभई विश्वभर विस्तार गराउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment