Comments Add Comment

‘कमाण्डरले फिर्ता आउ नभन्दासम्म लडिरहने छु’

२१ फागुन, काठमाडौं । मंगलबार राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडा २४ घन्टा नबित्दै फेरि त्यही पदमा फर्किएका छन् ।

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७८ अनुसार खतिवडालाई मन्त्री नियुक्त गरेका हुन् । उनलाई अर्थसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

खतिवडाले अपराह्न सपथ लिए । लगत्तै सिंहदबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

त्यसक्रममा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै उनले आफूलाई योद्धाको रुपमा प्रस्तुत गरे ।

उनले भने, ‘बजेट निर्माण, आर्थिक नीतिहरु अगाडि बढाउने सन्दर्भमा विकास प्रशासन, सामाजिक न्याय, समानताको लडाइ लड्ने म एउटा योद्दा हुँ । योद्दा लडाइँमा त्यो बेलासम्म लडिरहन्छ, जुनबेलासम्म कमाण्डरले फर्किएर आउ भन्दैन वा युद्ध जित्दैन । मेरो कार्यकाल पनि त्यही हो, जबसम्म युद्ध जितिँदैन या कमाण्डरले फिर्ता आउ भन्दैन, तबसम्म मुलुकका गरिबी, अभाव, अन्यायविरुद्ध लडिरहने छु । त्यसै भएकाले यसको कुनै समय सीमा हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment