Comments Add Comment

इजरायल पुग्यो ‘नमस्कार संस्कार’ !

प्राचीनकालमा भारतवर्षमा धेरै प्रचलनमा आएको नयाँ मानिस भेट्दा होस् या सम्मानित व्यक्ति भेट्दा गर्ने नमस्कार अब यो क्षेत्रमा मात्रै सीमित रहेन । बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पत्रकार सम्मेलनको क्रममा स्पष्टसँग उच्चाहरण गर्दै नमस्कार गर्ने संस्कृतिको विकास गर्न आग्रह गरेसँगै नमस्कार संस्कारले इजरायल प्रवेश गरेको हो । ऋग्वेद लगायत वेदहरुमा नमस्कारको पद्धतिको बारेमा उल्लेख भएकोबाट पनि हामीहरु यो संस्कार भारत वर्षको प्राचीन संस्कार हो भनेर दाबी गर्न सक्छौं ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको थप प्रसार रोक्नको लागि अभिवादन स्वरुप गर्न लागेको हात मिलाउने परम्परालाई रोक्न आग्रह गरेको थियो । पश्चिमा मुलुकहरुमा चर्चित रहेको हातमिलाउने शैलीलाई इजरायली प्रधानमन्त्री नेतान्याहुले बन्द गर्न आग्रह गर्दै यसको साँटो बरु नमस्कार गर्नको लागि आग्रह गरेका हुन् ।

दुई हात जोडेर नमस्कार गरेको नेतान्याहुको तस्बिरले बिहीबार विश्वभरी नै चर्चा पाएको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले यसलाई प्राथमिकताका साथ समेटेका छन् । नमस्कार गर्ने शैलीको बारेमा अथर्वेदमा ‘दिव्य देव नमस्ते अस्तु’ (अथर्व वेद २/२/१) भन्ने शब्दावलीबाट उल्लेख गरिएको छ । त्यसैबाट त्यसको लागि दुई हात जोडेर हाउभाउसहित नमस्कार भन्ने चलन बस्यो । नमस्कार गर्दाको बैज्ञानिक महत्वपनि भिन्दै छ । यसलाई योग शास्त्रमा पनि महत्वपूर्ण मुद्राको रुपमा व्याख्या गर्ने गरिएको छ । नमस्कारलाई स्वस्ति, नमस्कार, नमस्ते जस्ता नामहरुले चिन्ने गरिन्छ ।

त्यस्तै, यजुर्वेदमा पनि ‘नमस्ते भगवन्नस्तु’– (यजुर्वेद ३६/२१) भन्ने शब्द उल्लेख गरिएको छ । यसले पनि वैदिककालदेखि नै नमस्कार गर्ने पद्धतिको विकास भएको मान्न सकिन्छ ।

बुधबार सो पत्रकार सम्मेलनको क्रममा नेतान्याहूले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि देशवासीलाई विभिन्न सुझावहरु दिएका थिए । त्यसैमा केही विषयहरुलाई उनले उदाहरण नै देखाएर नमस्कार गर्ने पद्धतिबारे देशबासीलाई सिकाएका थिए । त्यही क्रममा उनले हात जोडेर नमस्कार गरेको तस्बिर विशेष गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले महत्वका साथ प्रकाशित गरेका हुन् ।

सम्बोधनको लागि इजरायलमा त्यस्तो विशेष किसिमको प्राचीन सम्बोधन शैली अहिले प्रचलनमा छैन । एकअर्कासँग भेट हुँदा हात मिलाउने चलनलाई नै त्यहाँ धेरैले प्रयोग गर्दै आएका छन् । तर, अहिले एक्कासी नेतान्याहूले कोरोनाका कारण नमस्कार गर्नुलाई नै सुरक्षित ठाने । उनले देशबासीलाई त्यस्तै शैलीमा सम्बोधन गर्न आग्रह गरेपछि यसले विश्वभरी नै चर्चा पाएको हो ।

नेतान्याहूले पत्रकार सम्मेलनको क्रममा भनेका थिए हामी विश्वको मानचित्रमा बीच भागमा छौं । हामीकहाँ जोखिमपनि उच्च छ । त्यसैले म सबैसँग बिनम्र अनुरोध गर्छु कि एकअर्कासँग भेट हुँदा हात मिलाउने कामलाई पूर्ण रुपमा बन्द गर्नुहोस् । बरु त्यसको सट्टामा सलाम या नमस्ते गर्नु उपयुक्त हुन्छ ।

चीनमा कोरोना भाइरसको महामारी सुरु भएसँगै पशुपति क्षेत्र विकास कोषले नेपालमा नमस्कार संस्कार अभियान चलाएको थियो । यस्तो गर्दा नेपालीहरुको प्राचीन अभिवादन शैलीको संरक्षण हुने र कोरोनाबाट बच्न सकिन्छ भन्ने कोषको विश्वास थियो ।

चीनमा कोरोना भाइरसको महामारी सुरु भएसँगै पशुपति क्षेत्र विकास कोषले नेपालमा नमस्कार संस्कार अभियान चलाएको थियो । यस्तो गर्दा नेपालीहरुको प्राचीन अभिवादन शैलीको संरक्षण हुने र कोरोनाबाट बच्न सकिन्छ भन्ने कोषको विश्वास थियो ।

योगमा नमस्कार मुद्राको महत्व

नमस्कार मुद्रालाई योगमा अति महत्वपूर्ण मुद्राको रुपमा लिने गरिन्छ । सूर्य नमस्कार यही मुऽाबाट सुरु हुन्छ । यस आसनमा धेरै आसनहरू गरिन्छन् । अभिवादन एउटा नम्रताको संकेत हो । यसलाई नमस्कार वा नमस्ते पनि भन्ने गरिन्छ । यो मुऽा प्रदर्शन गर्नुका धेरै फाइदाहरु छन् । यो योग वा अन्य कुनै कार्य सुरू गर्नु अघि गरिने मुद्रा हो । यसले राम्रो भावनाको विकास गराउन र काममा सफलता प्राप्त गर्नको लागि सहायक सिद्ध हुन्छ भन्ने मान्यता योगशास्त्रमा छ ।

दुवै हात जोडेर बनाइएको पोजलाई प्रणम मुऽा भनिन्छ । सबैभन्दा पहिले, आँखा बन्द गर्नु र दुबै ओठहरू जोड्नु, दुबै हत्केलालाई एक आपसमा जोड्नु र छातीको बीचमा दुबै हात लैजानु नै वास्तविक नमस्कारको शैली हो । यसरी दुबै हत्केलाहरूसँगै थिच्दा, कुहिनोलाई दायाँबायाँ सीधा बनाउनु पर्छ । जब यी दुई हात जोडिएका हुन्छन् । त्यसको असर बिस्तारै मस्तिष्कसम्म पुग्छ । यसले एकाग्रता समेत कायम राख्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment