+
+
Shares

दुई तिहाइको सरकार भिजेको बिरालो जस्तो बन्यो, आफैं ढल्छ : प्रचण्ड

‘यो सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ । ढल्छ । हामी सरकार ढाल्ने हतारोमा छैनौं । अहिले जनतासँगै छौं,’ प्रचण्डको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २७ गते १६:०१
पाँचथरको फिदिम बजारमा आयोजित जनसभा कार्यक्रममा प्रचण्ड । (तस्वीर : सचिवालय)

२७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्ने दाबी गरेका छन् । तर, आफूहरू अहिले सरकार ढाल्ने हतारोमा नरहेको उनको भनाइ थियो । पार्टीको पाँचथर जिल्ला कमिटीले फिदिम बजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

‘यो सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ । ढल्छ । हामी सरकार ढाल्ने हतारोमा छैनौं । अहिले जनतासँगै छौं,’ प्रचण्डको भनाइ छ ।

अबको निर्वाचनमा आफ्नो पार्टी कसैको वैशाखी टेकेर सहभागी नहुने उनले दोहोर्‍याए । ‘अब यी बुर्जुवाहरूको वैशाखी टेकेर चुनावमा गइने छैन । हामी आफ्नै तागतमा फेरि ०६४ मा जस्तै चुनावमा जानेछौं,’ प्रचण्डले भने ।

उनले पार्टी र आफ्नाविरुद्ध विभिन्न भ्रम छर्ने प्रयास भइरहेको भन्दै त्यस्ता भ्रममा नपर्न नेता कार्यकर्तालाई अनुरोध गरे । ‘कतिपय बेला विभिन्न भ्रम छर्न खोजिन्छ, त्यो भ्रममा नपर्नुहोला,’ प्रचण्डले कार्यकर्तालाई भनेका छन् ।

उनले अहिलेको दुई तिहाइ सरकार भिजेको बिरालोको हालतमा रहेको टिप्पणी पनि गरे ।

‘दुई तिहाइ सरकारको भिजेको बिरालोको हालत हामीले देखिरहेका छौं । राम्रो काम एउटा पनि गर्न सकेको छैन । नराम्रो काम मात्रै भइरहेको छ,’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?