+
+
Shares

जर्मनीमा प्रिन्सको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते १७:४१

काठमाडौं । नेपाली युवा ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर इन्टरनेशनल सिरिज २०२० मा लगातार दोस्रो जित हासिल गरेका छन् ।

बिहीबार भएको यू-१९ सिंगल्सको दोस्रो चरणमा प्रिन्सले घरेलु खेलाडीलाई पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाएका हुन् । १६ वर्षीय प्रिन्सले जर्मन खेलाडी बन्नेट पिटर्सलाई लाई २१-१३, २१-१२ ले पराजित गरेको टिम म्यानेजर सुवास श्रेष्ठले जर्मनीबाट जानकारि दिए ।

प्रिन्स त्यसअघि नेदरल्याण्ड्समा डच जुनियर इन्टरनेशनल खेलेर जर्मनी पुगेका हुन् । दुई दिनअघि मात्र सार्वजनिक विश्व जुनियर वरीयतामा प्रिन्स शीर्ष दशमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?