+
+
Shares

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते ४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच नयाँ दिल्लीमा बिम्स्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकका क्रममा द्विपक्षीय भेटवार्ता भएको छ ।
  • भेटमा दुई देशका साझा सुरक्षा चासोमा समन्वय र सहकार्य सुदृढ गर्ने विषयमा विचारविमर्श भएको गृह मन्त्रालयले जनाएको छ ।
  • गुरुङले नेपाली उद्योगी तथा व्यवसायीले भारतीय बजारमा भोग्दै आएका बिआइएस प्रमाणीकरणलगायत प्राविधिक समस्या समाधानमा चासो राखेका थिए ।

२८ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुगेका गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच मंगलबार भेटवार्ता भएको हो ।

भेटवार्तामा उनीरूबीच दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्ने बारेमा विचार विमर्श भएको गृह मन्त्रालयले जनाएको छ ।

भेटमा गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यवसायीले भारतीय बजारमा पहुँचका सम्बन्धमा भोग्दै आएका प्राविधिक समस्या (विशेषगरी बिआइएस प्रमाणीकरणलगायत) समस्या समाधानमा चासो राखेका थिए । नेपालको चासोप्रति भारतीय समकक्षीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री गुरुङ बिम्स्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन सोमबार नयाँ दिल्ली प्रस्थान गरेका थिए । गृहमन्त्री गुरूङ यही असोज २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?