+
+
Shares

क्षमादेवी ग्रुपले नेपाल ल्यायो एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियर

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते १३:४३

२२ फागुन, काठमाडौं । क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियर नेपालमा भित्र्याएको छ ।  नेपालका लागि आधिकारिक विक्रेता नियुक्त भएसंगै क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका मोडुलर स्वीच र स्वीच गेयरहरु नेपाली बजारमा ल्याएको हो । काठमाण्डौंको सोल्टी क्राउन प्लाजामा सोमबार डिलर मिट कार्यक्रमको आयोजना गरी भारतमा उत्पादन भएको उक्त मोडुलर स्वीच तथा स्वीच गेयर सार्वजनिक गरिएको छ ।

कार्यक्रममा क्षमादेवी ग्रुपका प्रमुख होमबहादुर बस्नेतले थप बजारको आवश्यकता र मागलाई सम्बोधन गर्न गुणस्तरीय विद्युतीय सामग्री पुर्‍याउने उद्देश्यले बहुराष्ट्रिय कम्पनी एल एण्ड टी ब्राण्डका मोडुलर स्वीच तथा स्वीच गेयरहरु बजारमा ल्याएको बताए । कम्पनीको मुख्य लक्ष्य गुणस्तरीय सामानहरुको बिक्रि वितरण गर्नु रहेको भन्दै उनले यस प्रोडक्टको बजारीकरणमा प्रमुख भूमिका डिलरहरुको रहने भएकाले विगतका दिनमा जस्तै आगामी दिनहरुमा पनि सहयोग गर्न सम्पूर्ण डिलरहरुलाई आग्रह गरे ।

त्यस्तै नेपाल विद्यतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशनप्रसाद पौड्यालले ‘गुणस्तरीय सामानको आयात, निर्यात र बिक्री वितरण गरौं’ भन्ने महासंघको नारामा मिल्ने गरी प्रोडक्ट बजारमा ल्याएकोमा शुभकामना व्यक्त गरे ।

एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियरहरु विभिन्न रङ तथा फरक मूल्यमा बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । ३ लाख पटक अन अफ गर्न सकिने यस स्वीचमा कम्पनीले १२ वर्षको ग्यारेन्टी दिएको छ । स्वीच आधुनिक मोडल, प्रविधिमैत्री र ब्याक्टेरिया फ्री रहेकाले विशेष गरी अस्पताल, ठुला परियोजना तथा होटेल र रेष्टुरेन्टमा प्रयोग हुने कम्पनीले जनाएको छ ।

क्षमादेवी ग्रुपले विगत १० वर्षदेखि नेपाली विद्युतीय बजारमा गुणस्तरीय विद्युतीय तथा बिल्डिङ सामग्रीहरु बिक्रि वितरण गरिरहेको छ । क्षमादेवी ग्रुपले युपिभिसिको झ्याल ढोका, आल्मुनियमको रंगीन जस्तापात, टायल मार्बल, ग्रीनाईट, डन्डी, सिमेन्ट, विद्युतीय सामाग्री लगायत भवन निर्माणका लागि आवश्यक पर्ने सबै सामाग्री तथा सेवा एउटै छानामुनीबाट प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?