+
+
Shares

बलात्कार आरोपमा पूर्वडीएसपी खिउजु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते १९:२३

२१ फागुन, काठमाडौं । नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायब उपरीक्षक राजकुमार खिउजू कार्यकक्षमै सेवाग्राहीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, जावलाखेलले खिउजूलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले उनलाई पक्राउ गरिएको पुष्टि गरे । राईले अनलाइनखबरसँग भने, ‘पक्राउ गरेर ल्याएका छौं । अब विस्तृत अनुसन्धान सुरु हुन्छ ।’

प्रहरीले पाटन अस्पतालमा खिउजुको स्वास्थ्य परीक्षण गरेर हिरासतमा राखेको छ ।

प्रहरी रिपोर्ट बनाउनका लागि ३० माघ २०७५ मा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका वेला सहयोग गर्ने वहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ ।

‘चिया खाने वहानामा ढोका लगाएर एक्लोपनको फाइदा लिएर ममाथि दुर्व्यवहार गर्नुभयो’, पीडितले भनेकी छन्, ‘ममाथि अन्याय गर्नुभयो भन्दा उल्टै मार्ने धम्की दिनुभयो ।’

पहिलो गरेको गलत क्रियाकलापको तस्वीर समेत खिचेर आफूलाई ‘ब्ल्याकमेल’ गरेको पीडितको दाबी छ । त्यसपछि ६ महिनासम्म खिउजूले शारीरिक शोषण गरेको उनले बताएकी थिइन् ।

यसबारे प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखामा जानकारी गराए पनि कारबाही अघि बढेको थिएन । त्यसपछि एक गैरसरकारी संस्थाको सहयोगमा पीडितले २२ माघमा ललितपुर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरी दर्ता भएसँगै २३ माघमा खिउजूलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको थियो । तर, उनी विभिन्न ठाउँमा लुक्दै आएका थिए ।

फरार रहेकै अवस्थामा उनले जाहेरी फिर्ता लिन भन्दै पीडितलाई धम्की समेत दिएका थिए ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?