+
+
Shares

म छिट्टै काममा फर्किन्छु : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २३ गते १२:११

२३ फागुन, काठमाडौं । दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् । उनीलाई चिकित्सकहरुले मात्र भेट्ने गरेका छन् ।

परिवारका सदस्य, मन्त्रीहरु कसैलाई पनि भेट्न दिइएको छैन । शुक्रबार भने प्रधानमन्त्री ओलीले राजनीतिक सल्लाहकार विष्णु रिमालसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

प्रधानमन्त्रीले ‘साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै काममा फर्किन्छु’ भन्ने सन्देश दिएको रिमालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको बुधबार मृर्गौला प्रत्यारोपण गरिएको थियो । उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?