Comments Add Comment

हिमालयले रोक्यो कतार उडान, कतार र नेपाल एयरलाइन्स अझै उड्दै

२७ फागुन, काठमाडौं । नेपालसहित १४ मुलुकका नागरिकलाई भिसा दिन बन्द गरेको कतारमा नेपालको निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उडान झिकेको छ ।
हिमालय एयरलाइन्सले सोमबारदेखि लागू हुने गरी कतारमा निर्धारित सबै उडान रद्द गरेको जानकारी दिएको छ । अर्को सूचना जारी नभएसम्म हिमालयले काठमाडौंबाट कतारका लागि निर्धारित उडान फिर्ता गरेको हो ।

कतारले नेपालीसहित १४ मुलुकका नागरिकको प्रवेशमा लगाएको अस्थायी प्रवेश प्रतिवन्धसमेत सोबारबाटै कार्यान्वयनमा आएको हो । कम्पनीले ९ मार्चपछि काटिएक सबै टिकट फिर्ता गर्न सकिने जनाएको छ । अथवा बिना कुनै मूल्यमा मिति परिवर्तन गर्न सक्ने सुविधा दिएको छ ।

यसअघि हिमालयले चीनमा राखेको सबै उडान फिर्ता गरेको थियो । सन् २०२० मा आक्रामक बजार बिस्तारको लक्ष्यसहित नयाँ जहाज भित्राएको हिमालयलाई कोरोनाले ठूलो प्रभाव पारेको छ ।

उता, कतार एयरवेजले समेत दोहामा पूर्वनिर्धारित टिकटहरु निःशूल्क फिर्ता वा मिति परिवर्तनको सुविधा दिएको छ । कतारले काठमाडौं उडान रोकेको भने छैन । कतारले ट्रान्जिटमा यात्रु नरोकेका कारण यूरोप तथा अमेरिकी मुलुकमा पुग्न कतार ट्रान्जिटमा नेपालीलाई निषेध छैन ।

नेपाल एयरलाइन्सले भने अझै उडान जारी राखेको छ । कम्पनीले अहिलेसम्म उडान स्थगनको निर्णय गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment