Comments Add Comment

‘डेसान’मा नम्रता ‘स्वार्थी’ विवाहित महिला

चलचित्र ‘समर लभ’ पछि नायिका नम्रता सापकोटा यतिबेला नयाँ चलचित्रमा काम गरिरहेकी छिन् । उनले काम गरिरहेको चलचित्रको नाम हो, ‘डेसान’ । यो चलचित्रको हाल नवलपरासीमा धमाधम छायांकन भैरहेको छ । नायिका सापकोटाले अझै दुई साता आफू नवलपरासीमा रहने बताइन् ।

चलचित्र ‘डेसान’मा नायिका सापकोटाको साथमा भोलाराज सापकोटा, निशान चौहान लगायतका कलाकारको अभिनय छ ।

नम्रताले आफ्नो भूमिकाको बिषयमा भनिन्–‘यो चलचित्रमा म विवाहित महिलाको भूमिकामा छु । स्वार्थी स्वभाव भएकी महिलाको भूमिकालाई नेगेटीभ शैलीमा निर्वाहा गर्दा मलाई नयाँ अनुभुती भैरहेको छ ।’

चलचित्र ‘डेसान’को बिषयमा नम्रताले भनिन्–‘यो एउटा गाउँको कथा हो । जो हरेक समस्या एकसाथ लड्ने गर्छन् ।’ कथा मन परेपछि आफूले चलचित्रमा काम गरेको नम्रताको कथन छ । यो चलचित्रलाई कमल मगरले निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment