+
+

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १ गते १५:००

१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले स्वास्थ्य स्थितिबारे जानकारी दिएका छन् । उनले मिर्गौलाको सफल प्रत्यारोपणका लागि बधाई दिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओली शुक्रबारमात्र अस्पतालबाट डिस्चार्ज भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?