Comments Add Comment

शरीरको विषाक्त पदार्थ कसरी निकाल्ने ?

प्रकृतिले हामीलाई जीवन जीउने एउटा ढंग सिकाएका छन् । त्यसैले त हामीले प्रकृतिका तीनै नियमहरु अनुसार आफ्नो जीवन व्यतित ग¥यौं भने हामीलाई जीवनमा स्वास्थ सम्बन्धि कुनै पनि समस्याको सामना गर्नु पर्दैन ।

हाम्रो शरीरमा जम्मा भएका टक्सिन (विष) हरु नै विभिन्न प्रकारका रोगहरुका कारण बनिरहेका हुन्छन् । ती टक्सिनहरुलाई शरीरबाट बाहिर निकाल्न अति नै अनिवार्य हुन्छ

शरीरमा किन जम्मा हुन्छ विष ?

हामी जे खान्छौं, त्यसलाई पचाउनका लागि समय लाग्छ । हरेक भोजनलाई पच्नका लागि एउटा विशेष समय लाग्ने गर्दछ । जस्तो हामी जुन रोटी खान्छौं अर्थात गहुँको रोटी, त्यसलाई शरीरमा पच्नका लागि करिव १८ घण्टा चाहिन्छ । हामी जुन फल खान्छौं, त्यसलाई पचाउनका लागि कम्तिमा ३–४ घण्टा लाग्छ । त्यस्तो बेला यदि तपाईं आफ्नो शरीरमा टक्सिन जम्मा नहोस् भन्ने चाहनु हुन्छ भने पहिलो भोजन पचेपछि मात्र दोस्रो भोजन सेवन गर्नु पर्छ ।

हामी जे खान्छौं, त्यो हाम्रो शरीरमा पुरै ३ सर्कलपछि शरीरबाट बाहिर निस्कन्छ । सबैभन्दा पहिला खाना हाम्रो पेटमा जान्छ । त्यसपछि त्यो हाम्रो आन्द्रासम्म पुग्छ । त्यसपछि त्यो शरीरबाट बाहिर निस्कन्छ । यो सम्पूर्ण प्रकृयालाई फलो गर्नका लागि शरीरलाई निश्चित समयको आवश्यकता पर्दछ ।  गहुँको रोटी पच्नका लागि १८ घण्टा लाग्छ । यदि तपाईंले खाइसकेको रोटी पच्नुभन्दा अघि नै तपाईंले अरु कुनै खाना खानु भयो भने त्यसलाई शरीरले विषको रुपमा ग्रहण गर्छ, जुन पछि गएर बोसोमा परिवर्तन हुन्छ । बोसोमात्र होइन, यदि तपाईंले ती टक्सिनहरुलाई समयमै शरीरबाट बाहिर निकाल्नु भएन भने त्यही विष नै भविष्यमा गएर विभिन्न प्रकारका गम्भिर बिरामीहरुको कारण समेत बन्ने छ ।

आज सामान्यतया महिलाहरुमा सिष्टको समस्या सामान्य हुन थालिसकेको छ । त्यसको एउटा ठूलो कारण शरीरमा टक्सिनहरु जम्मा हुनु पनि हो । जब शरीरको पाचन प्रकृया (आन्द्रा) मा टक्सिनहरु जम्मा हुन थाल्छन्, त्यो हार्ट ब्लकेज, हाई कोलेस्ट्रोल लेभल तथा क्यान्सरसम्मको समस्याको कारण बन्न पुग्छ । हो, क्यान्सर हुनुको एउटा विशेष कारण टक्सिन नै हो, जसलाई समयमै शरीरबाट बाहिर निकाल्न सकिएन भने बिस्तारै–बिस्तारै शरीर जम्मा हुन थाल्छ र एउटा समय आएपछि क्यान्सर जस्तो रोगलाई जन्म दिन्छ ।

कसरी हटाउने टक्सिन ?

शरीरबाट टक्सिनहरुलाई हटाउनु कुनै ठूलो कुरा होइन । त्यसका लागि तपाईंले केवल तीन वटा कार्यहरुलाई अपनाउनु पर्छ ।

–उपवास अर्थात ब्रत ।

—पानी पट्टी

—एनिमा

सबैभन्दा पहिला कुरा गरौं उपवास अर्थात ब्रतको बारेमा । नेपालमा मात्रै होइन, विश्वभरीका धार्मिक ग्रन्थहरुमा ब्रतलाई विशेष महत्व दिइएको छ । तर, शास्त्रहरुका अनुसार हप्तामा अथवा महिनामा एक पटक मात्रै व्रतलाई मान्यता प्राप्त छ । तर, शरीरलाई टक्सिनहरुबाट मुक्त राख्नका लागि तपाईंले हरेक दिन व्रत बस्नु पर्छ । हरेक दिन ब्रत बस्नुको अर्थ पहिलो भोजन पचेपछि मात्र दोस्रो भोजन गर्नु पर्छ ।

यदि तपाईंले बिहानको खाजामा गहुँको रोटी अथवा परौडा खानु भएको छ भने तपाईंले दिउँसो केवल फलफूल अथवा तरकारीको जूसमात्र सेवन गर्नु पर्छ । ध्यान राख्नु पर्ने कुरा के छ भने तपाईंले जूस जहिले पनि फलफूलको होइन, सब्जिहरुकै पिउनु पर्छ । र, यदि तपाईंले राति ८–९ बजेको समयमा डिनरमा गहुँको रोटी तथा तरकारी अथवा दाल खानु भएको छ भने भोलिपल्ट बिहान ११–१२ बजेसम्म केही पनि खानु पर्ने आवश्यकता छैन । यसो गर्नाले तपाईंको शरीरले प्राकृतिक रुपले नै ब्रत बस्नेछ ।

के कुराको कोशिश गर्नु पर्छ भने रातिको खाना साँझ ६–७ बजेसम्म खाइसक्नु भयो भने उत्कृष्ट हुनेछ । त्यसपछि बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिला कुनै पनि एक अथवा दुई सब्जिको जूस पिउनु पर्छ । यो तपाईंको शरीरलाई डिटक्सिफाई (विषरहित) गर्ने सबैभन्दा सजिलो तरिका हो ।

अब कुरा गरौं पानी पट्टीको

शरीरलाई भित्रैबाट विषरहित अर्थात डिटक्सिफाई गर्नुका साथ–साथै तपाईंले बाहिरबाट पनि यसलाई डिटक्सिफाई  गर्न सक्नु हुनेछ । त्यसका लागि तपाईंलाई तीन वटा पानी पट्टीको आवश्यकता पर्नेछ । कुनै पनि मलमलको कपडालाई आफ्नो कम्मरको आकार जत्तिकै काट्नु पर्छ । आफ्नो कम्मरको आकार अनुसार तथा ८–९ इन्च चौडा पट्टी काटेर चीसो पानीमा भिजाउनु पर्छ । त्यस्तै, आफ्नो टाउको र गर्दनको आकारका दुई पट्टीहरु पनि काट्नु पर्छ । तीनै वटा पट्टीलाई चीसो पानीमा ठुबाउनु पर्छ । मलमलको पट्टीलाई भिजाएपछि राम्ररी निचोर्नु पर्छ र त्यसलाई आफ्नो कम्मर, गर्दन तथा टाउकोमा बा“ध्नु पर्छ ।

पानी पट्टीको फाइदा

पानी पट्टीहरुलाई १५–२० मिनेटसम्म बाँध्नु पर्छ । त्यसो गर्नाले तपाईंको शरीरका ती तीन भाग चिसो तथा बा“की भाग तातो हुन थाल्छन् । त्यसपछि के हुन्छ भने तपाईंको शरीर कहिं तातो तथा कहिं चिसो हु“दा रक्त सञ्चार उत्कृष्ट शैलीमा हुन्छ । जसले शरीरमा जम्मा भएको फोहोरलाई रगतको सहयोगले हल्लाउन सकिन्छ, खासगरी आन्द्रामा जम्मा भएका सबै फोहोरीहरु निकै छोटो समयमै सफा हुन थाल्छ र तपाईंको शरीर डिटक्सिफाई हुन थाल्छ ।

तपाईंले यो प्रकृयालाई हप्तामा दुईदेखि तीन पटक गर्न सक्नु हुनेछ । यदि तपाईंले यसलाई बिहान खालि पेटमा गर्नु भयो भने अझ राम्रो हुनेछ, तर दिनको कुनै पनि समयमा गरे पनि फरक पर्दैन । यो उपायलाई अपनाउनाले पेटमा जम्मा भएको अतिरिक्त बोसो पनि केही दिनमै घट्ने निश्चित छ ।

अब कुरा गरौं एनिमाको

एनिमा गर्नका लागि बजारबाट एनिमा उत्पादन ल्याउनु पर्छ । कुनै पनि औषधि पसलमा यो उत्पादन सजिलै उलब्ध हुन सक्छ । उक्त उत्पादनको सहयोगले तपाईंले आफ्नो मलाशयमार्फत शरीरबाट टक्सिनहरुलाई हटाउन सक्नु हुन्छ । एनिमा उत्पादनमा एउटा जार र पाइप तपाईंलाई दिइन्छ, जसमा पानी भरेर तपाईंले त्यसलाई बाथरुमको कुनै अग्लो स्थानमा राख्नु पर्छ, आफू भने तल बसेर अगाडितर्फ झुकेर पाइपलाई दुई इन्च सम्म आफ्नो मलाशयमा हाल्नु पर्छ, जसबाट पानी तपाईंको शरीर भित्र पस्नु पर्छ ।

त्यसक्रममा आधा जारभन्दा बढी पानी लिनु हुँदैन । पानी भित्र पसेपछि तपाईं उभिनु पर्छ, २–३ मिनेटसम्म बाथरुममै यता–उति हिंड्नु पर्छ । जब दवाव महसुस हुन थाल्छ, तुरुन्त पिसाव फेर्नु पर्छ ।  पिसावमार्फत तपाईंको शरीरको फोहोर बाहिर निस्किरहेको हुनेछ ।

सावधान हुनु पर्ने तरिका

एनिमा प्रकृया केवल तपाईंलाई जानकारी दिनका लागि बताइएको हो । यसलाई आफैंले घरमा प्रयोग नगर्नु होला ।  आयुर्वेदिक चिकित्सकहाँ मसाज थेरापी अथवा बडी डिटक्सिफाईको उपचार गरिन्छ । उनीहरुकहा“ गएर केही समय अभ्यास गरेपछि मात्र त्यसलाई घरमा गर्ने निर्णय गर्नु पर्छ । आफ्ना स–साना बालबालिका तथा वृद्ध–वृद्धालाई पनि घरमा यो उपाय प्रइोग नगर्नु होला । सम्भव भए सम्म माथि उल्लेखित दुई उपायहरु अपनाउने प्रयास गर्नु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment