+
+
Shares

लागूऔषधसहित १२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १८:२४

४ चैत, काठमाडौं । लागूऔषध र मनोद्विपक पदार्थसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरोले पछिल्लो १२ दिनमा सञ्चालन गरेको कारबाहीका क्रममा तीन महिला सहित १२ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ब्यूरोले  ८ हजार ११ एम्पुल र नाइट्राभेट ५४० ट्याब्लेट बरामद गरेको जनाएको छ । नेपालमा लागूऔषध भित्रिने मुख्य नाकाहरु वीरगञ्ज, काँकडभित्ता र सुनौली रहेको प्रहरीले जनाएको छ ।

व्यूरोका प्रमुख बसन्तबहादुर लामाका अनुसार पक्राउ पर्नेहरुमा भारतको मोतिहारी पूर्वी चम्पारणका २४ वर्षीय विकाश कुमार, सोही ठाउँका २४ वर्षीय विकास कुरमा राम, वीरगञ्ज महानगरपालिका १३ बस्ने ५२ वर्षीया मैंयादेवी श्रेष्ठ, वडा नम्बर १५ की २४ वर्षीया ज्योती बराल रहेका छन् ।

यस्तै पक्राउ पर्नेमा काभ्रे धुलिखेल-६ का उद्दव आचार्य,  सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-७ का राजिव तामाङ,ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ का २१ वर्षीय सरोज राई, बाराको कलैया-७ का ३५ वर्षीय पचुदास गिरी, नुवाकोटको सुर्यगढी नगरपालिका-५ का २५ वर्षीय सरोज पौडेल, सिन्धुपाल्चोकको इन्द्रवती-४ की २२ वर्षीया उर्मिला तामाङ, धादिङको निलकण्ठ नगरपालिका-१ का २९ वर्षीय राज कुमार गुरुङ र महोत्तरीको मटिहानी नगरपालिका-८ का इमतियाज नदाफ रहेका छन् ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?