
योगका अनेक विधी छन् । त्यसको फाइदा पनि थरीथरी छन् । यस्ता केहि योग पद्धती छन्, जसले सधै जवान राख्न सहयोग गर्छ । अर्थात बढ्दो बुढ्यौली रोक्छ । के हुन् त ति योग तथा व्यायाम ?
सिंहासन योग
बिस्तारै सास रोक्नुस, आफ्नो जिभ्रो बाहिर निकाल्नुस र आँखालाई पूर्णरुपमा खोल्नुस । जिभ्रोलाई जति सक्नुहुन्छ त्यति बाहिर निकाल्नुस । यसबाट अनुहारमा रक्तप्रवाह बढ्नेछ र छालामा चमक आउनेछ ।
आँखाको व्यायाम
टाउकोलाई सीधा राख्नुस र गर्दन नहल्लाई पहिले आफ्नो दायाँतर्फ हेर्नुस र त्यसपछि बायाँतर्फ । सुरुसुरुमा तपाईंलाई कष्ट हुन सक्छ तर नियमित रुपमा यो व्यायाम गर्दा बानी पर्छ ।
गालाको लागि व्यायाम
पहिले गहिरो सास लिनुस र फेरि मुखलाई जति सक्नुहुन्छ फुलाउनुस । यस अवस्थामा ३० देखि ६० सेकेन्डसम्म रहनुस । त्यसपछि नाकबाट सास बाहिर फाल्नुस । यसले गालोको छाला कसिलो हुनछ र हाँस्दाखेरी चाउरी देखिदैन ।
गर्दनको लागि ब्यायाम
सबैभन्दा पहिले टाउकोलाई दायाँतर्फ झुकाउनुहोस् ताकि तपाईंको कानले काँधलाई छुनुपर्छ । काँध नउठाउनुस् । अब आफ्नो बायाँ हातलाई तन्काएर माथि उठाउनुस् । यसबाट तपाईंको गर्दन र काँधलाई फाइदा पुग्नेछ ।
चिउँडोको व्यायाम
आफ्नो तल्लो ओठलाई माथिल्लो ओठभन्दा माथि राख्नुस । यसलाई जति माथिसम्म चढाउन सक्नुहुन्छ चढाउनुस् । यसले तपाईंलाई चिउँडो र त्यसको आसपास तन्काइको महसुस हुन्छ । यो प्रक्रिया कम्तीमा १० सेकेन्डसम्म गरौं ।
प्रतिक्रिया 4