+
+
Shares

प्रदेश १ सरकारको सर्कुलर : साना नाकामा तत्काल आवात-जावत रोक्नू 

हरि अधिकारी हरि अधिकारी
२०७६ चैत ९ गते १५:०२

९ चैत, विराटनगर । प्रदेश १ सरकारले भारतसँग जोडिएका साना नाका बन्द गर्न सर्कुलर जारी गरेको छ । शुक्रबार संघीय सरकारलाई नाका बन्द गर्न आग्रह गरेको प्रदेश सरकारले आइतबार आफैं नाकामा आवत-जावत गर्न रोक लगाउन निर्देशन दिएको हो ।

भारतसँगसीमा जोडिएका जिल्लाहरुमा नाकामा तत्काल कडाइ गर्न सर्कुलर जारी भएको प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताए ।
‘हामीले नाका बन्द गर्न मिल्दैन,’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘ठूला नाकामा कडाइ  गरेर सानालाई बन्द गर्न सर्कुलर जारी गरेका छौं ।’

कोरोना संक्रमणका कारण भारतको बिहार राज्यमा एकजनाको मृत्यु भएपछि प्रदेश सरकारले तत्काल साना नाकाहरुमा आवत-जावत रोक्न सर्कुलर जारी गरेको हो ।

यस अघि भारतले काँकडभिट्टा बाहेक अन्य नाका बन्द गर्ने बताएपनि सबै साना नाकाहरुमा आवत-जावत सामान्य थियो । आइतबार भारतले जनता कर्फ्यू लगाएको छ । जसका कारण आवत-जावत पातलो छ ।

विराटनगरको रानी, झापाको काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज र सुनसरीको भाण्टाबारी नाकामा कडा चेकजाँच गरी तेस्रो मुलुकका र शंकास्पद व्यक्तिलाई प्रवेश गर्न रोक लगाइने भएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?