Comments Add Comment

चीनको राजदूतमा पाण्डेको नाम अनुमोदन

१० चैत, काठमाडौं । चीनका लागि नेपाली राजदूतमा सिफारिस महेन्द्रबहादुर पाण्डेको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ ।

सोमबार सुनुवाई समितिको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । गत फागुनमा सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर उनको ठाउँमा नेकपा नेता महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको थियो ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएपछि अब पाण्डेलाई राष्ट्रपतिले राजदूत नियुक्ति गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment