+
+
Shares

औषधि पसल नियमित सञ्चालन गर्न अपिल

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते ११:५७

१० चैत, काठमाडौं । नेपाल औषधि व्यवसायी संघले औषधि पसल नियमित रुपमा सञ्चालन गर्न व्यवसायिहरुलाई आग्रह गरेको छ ।

संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले वक्तव्य जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै औषधि पसल नियमित रुपमा सञ्चालन गर्न अपिल गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले औषधिको आपूर्ति र वितरणमा कुनै पनि प्रकारका समस्या आएका त्यसको समाधानका लागिसमेत संघ तयार रहेको बताएका छन् ।

साथै, व्यवसायीहरुलाई आफ्नो स्वास्थ्य सुरक्षाका लागि आवश्यक अपरिहार्य सुरक्षा विधि अपनाएर औषधि बेच्न अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?