+
+
Shares

सिन्धुपाल्चोकमा औषधि पसल तथा निजी स्वास्थ्य संस्थाको अनुगमन, आधा दर्जनमा शिल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते ११:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहका औषधि पसल, निजी स्वास्थ्य संस्था र भेटेरिनरीमा गरिएको अनुगमनमा ५ औषधि पसल र २ भेटेरिनरी शिल गरिएको छ।
  • अनुगमन टोलीले ३ औषधि पसलमा ताला लगाएको छ र केही सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
  • जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा मंगलबार र बुधबार गरिएको अनुगमनमा मापदण्ड, अनुमति र दर्ताको अवस्था निरीक्षण गरिएको थियो।

९ असोज, सिन्धुपाल्चोक । जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित औषधि पसल, निजी स्वास्थ्य संस्था, भेटेरिनरीसहित चौतारा अस्पताल र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसीमा अनुगमन गरिएको छ।

अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालित ५ औषधि पसल तथा २ वटा भेटेरिनरी शिल गरिएको छ । त्यस्तै ३ वटा औषधि पसलमा ताला लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको संयोजकत्वमा मंगलबार र बुधबार चौतारा साँगाचोकगढी नगरपालिका , बलेफी गाँउपालिका , बाह्रबिसे नगरपालिका लगायतका क्षेत्रमा अनुगमन गरिएको हो।

अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, उद्योग तथा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा स्वास्थ्य संस्था तथा औषधि पसलहरू प्रचलित मापदण्डअनुसार सञ्चालन भए–नभएको, आवश्यक अनुमति तथा दर्ता भए–नभएको र स्वास्थ्य सेवा तथा औषधि बिक्रीसम्बन्धी व्यवस्थाको पालना भए–नभएको निरीक्षण गरिएको थियो।

अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका तथा आवश्यक प्रक्रिया पूरा नगरेका औषधि पसल शिलबन्दी गरिएको छ भने केहीलाई आवश्यक सुधार तथा प्रक्रिया पूरा गर्न सचेत गरिएको छ।

केही औषधि पसल भने अनुगमन टोली आएको थाहा पाएपछि पसल बन्द गरी भागेकोले ती औषधि पसलका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

जिल्लामा निजी स्वास्थ्य संस्थाहरूको जनस्वास्थ्य कार्यालय तथा औषधि व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालयले औषधि पसलहरू निर्धारित मापदण्डअनुसार सञ्चालन भए–नभएको नियमित रूपमा अनुगमन गर्ने कार्यलाई निरन्तरता दिइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?