Comments Add Comment

कोरोना राहत कोषमा राष्ट्रियसभा अध्यक्षको एक महिनाको तलब

१० चैत,काठमाडौं । कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गरेका छन् ।

मन्त्रिपरिषदको बैठकले आइतबार सो कोष गठन गरी प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेको थियो । सो कोषमा सरकारले ५० करोड रुपैयाँ जम्मा गरेका छन् ।

राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले संसद सचिवालयलाई सोमबार पत्र लेखेर आफ्नो एक महिनाको पारिश्रमिक सो कोषमा जम्मा गर्न निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment