Comments Add Comment

कोरोना रोकथाम कोषमा कृृषि विकास बैंकको १ करोड २५ लाख

१० चैत, काठमाडौं । सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा कृषि विकास बैंकले १ करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

सरकारले आइतबार ५० करोड रुपैयाँ राखेर घोषणा गरेको उक्त कोषमा आर्थिक सहयोग गर्न आह्वान गरेको थियो । त्यसको भोलिपल्ट कृषि विकास बैंकले १ करोड २५ लाख रुपैयाँ सहयोग गरेको हो ।

कोरोना भाइरससँग सावधानीपूर्वक डठेर सामना गर्नका लागि व्यक्तिगत सुरक्षा सामाग्री, स्वास्थ्य उपकरण, नमुना परीक्षण किट र क्वारेन्टाइनलगायत आवश्यक सामाग्रीको प्रबन्ध गर्र्न सहयोग गरेको बैंकका प्रवक्ता तथा सूचना अधिकारी हिमलाल पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment