Comments Add Comment

लकडाउनबारे नबुझ्दा भन्सार नाकामा समस्या

११ चैत, काठमाडौं  । लकडाउनको सरकारी घोषणा र फिल्डमा खटिने प्रहरीको बुझाईमा परेको फरकले  केही भन्सार नाकाहरुमा समस्या उत्पन्न भएको छ । भैरहवा र कपिलवस्तुको भन्सार कार्यलयमा  सामान जाँचपासमा समस्या देखिए पछि भन्सार विभागले समन्वय थालेको छ ।

सरकारले अत्यवश्यक वस्तुको सेवा मात्रै नरोकेको भन्दै ती नाकामा प्रहरीले अन्यवस्तुको अवतजावत रोकेका थिए ।  भन्सार सेवा आफैंमा अत्यावश्यक सेवामा पर्ने भन्दै माल वस्तु आवाजावत नोरोक्न निर्देशन जारी गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए ।

कतिपय भन्सारमा नेपालतर्फ लकडाउन रहेको भन्दै भारतीयहरु भन्सारमा ढुक्कले बसेको गुनासोपछि समकक्षी भन्सारमा नेपालको भन्सार खुल्ला रहेकोबारे जानकारी गराएर काम थाल्न पनि विभागले मातहतका कार्यालयलाई निर्देशन दिएको थियो । यस्तै लकडाउन भन्दै सुरक्षाकर्मीले भन्सार एजेन्ट, ड्राइभर, श्रमिकलाई रोकेपछि काम गर्न विभिन्न भन्सारमा असहज भएको पनि विभागले जनाएको छ ।

यसलाई सहज गर्न तत्काल काम थाल्न पनि विभागले सम्बन्धित सबैलाई ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment