Comments Add Comment

त्रिवि शिक्षण अस्पतालमा कोरोना टेली हेल्थ सेन्टर स्थापना

११ चैत, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले टेली हेल्थ सेन्टर स्थापना गरेको छ ।

मंगलबार अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले सूचना निकालेर कोरोनाको जोखिम कम गर्नका बिरामी तथा कुरुवाको सुविधाका लागि कोरोना टेली हेल्थ सेन्टर स्थापना गरिएको जानकारी दिए ।

बिरामीहरुले आफूलाई समस्या परेको खण्डमा सिधै सम्पर्क गर्न सक्ने गरी ब्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।

सूचना अनुसार आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ४४१००३४ मा सम्पर्क गर्न सकिनेछ । जुम एपको आइडी ८०६१५०९३२४ मा पनि सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment