+
+
Shares

आन्तरिक वायुसेवाका टिकट निःशुल्क फिर्ता गर्न वा सार्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते ११:२०

११ चैत, काठमाडौं । मुलुक लकडाउन अवधिसम्मका लागि काटिएका आन्तरिक हवाइ सेवाका टिकटको टिकट निःशुल्क फिर्ता गर्न सकिने भएको छ। वायुसेवा कम्पनीहरुले निः शुल्क काटेकै मूलयमा टिकट फिर्ता गर्ने बताएका छन् ।

बुद्ध एयरले टिकट रिसेड्युल तथा टिकट फिर्ता लिन सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क राख्न आग्रह गरेको छ । समिट एयरले समेट टिकट फिर्ता वा सार्न सकिने बताएको छ । यति एयरलाइन्सले समेत अवधिको टिकट फिर्ता वा सार्न सकिने बताएको छ ।

नेपाल सरकारले साताव्यापी लकडाउन घोषणा गरेसँगै आन्तरिक हवाई उडान पूर्णतया बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान एक साताका लागि बन्द गरिएको जानकारी दिएको छ । यसअघि सरकारले लामो दूरीका सवारी साधन मात्र रोक्ने भने पनि हवाइ उडान रोक्ने निर्णय गरेको थिएन ।

तर, लकडाउन घोषणापछि भने सबै हवाइ सेवा बन्द भएको हो । वायुसेवा कम्पनीहरुले समेत सार्वजनिक सूचना जारी गर्दै १८ चैतसम्म सबै उडान बन्द भएको जानकारी गराएका छन् । यससँगै काठमाडौंबाट हुने दैनिक ३ सय आन्तरिक उडान अवतरण ठप्प भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?