Comments Add Comment

दीपक बज्राचार्यले क्वारेन्टाइनबाटै सांगीतिक कार्यक्रम गर्ने

११ चैत, काठमाडौं । गायक दीपक बज्राचार्य र उनको टिम प्रस्तुति दिनको लागि अष्ट्रेलिया पुगेको थियो । त्यही समय विश्व कोरोनाको संक्रमणबाट ग्रसित बन्यो । दीपक बज्राचार्य र उनको टिम त्यहाँ बाँकी कार्यक्रम रद्द गरेर काठमाडौं फर्कियो ।

नेपाल फर्किएलगत्तै उनीहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । सोमबार उनीहरु क्वारेन्टाइनमा बसेको पनि ७ दिन बित्यो । सरकारले क्वारेन्टाइनमा बस्न दिएको आदेशलाई शिरोपर गर्दै उनीहरु क्वारेन्टाइनमा बस्न थालेका हुन् ।

दीपक भन्छन् ‘सरकारले हाम्रो स्वस्थ्यको लागि नै क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो । त्यसैले हामी क्वारेन्टाइनमा बसिरहेका छौं ।’

६ दिनसम्म उनीहरुको बसाई रमाइलोमा नै बितिरहेको थियो । उनीहरुले आराम गर्ने समय पाएको भन्दै यस समयलाई रमाइलो गर्दै बिताइरहेका थिए ।

अब भने उनीहरुलाई पनि एकै ठाउँमा सीमित भएर बस्न गाह्रो हुन थालिसकेको छ । त्यसैले आफू र आफ्नो दर्शकलाई खुसी पर्न उनीहरुले नयाँ जुक्ति निकाले ।

अष्ट्रेलियामा प्रस्तुति कै लागि गएको भएकाले उनीसँग वाद्यवादन टिम पनि छ । आइतबार सबै वाद्यवादकको झोला खोले र फेसबुक लाइभ गर्दै गीत गाउने निधो गरे ।

दीपक भन्छन्, ‘हाम्रो मुख्य उद्येश्य भनेको नै त्रसित दर्शकलाई अलिकति भए पनि खुसी दिनु हो । यदि तपाई मध्य कोही एक जना दर्शक खुसी हुनुभयो भने पनि हाम्रो उद्देश्य पूरा हुनेछ ।’

आइतबारबाट सुरु भएको उनीहरुको लाइभले सोमबार पनि निरन्तरता पयो । दीपक भन्छन्, ‘यो दुःखको समयमा आफ्नो तर्फबाट पनि केही गरौं भन्ने लाग्यो । त्यसमा हामी जानेको भनेको यहीँ गाउने र बजाउने नै हो । त्यसैले यसैबाट दर्शकलाई दुःख भुलाउने कोशिस गरिरहेका छौं ।’

दीपकका अनुसार जबसम्म उनीहरु क्वारेन्टाइनमा हुन्छन्, तबसम्म उनीहरुले लाइभ प्रस्तति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment