Comments Add Comment

लकडाउनभरी घरभित्रै बस्दा कसरी गर्ने ‘मुड फ्रेस’

आजसम्म विश्वभरी ३९२,००० भन्दा बढी मानिसहरू कोरोना भाइरसबाट प्रभावित भइसकेका छन् । नेपालमा पनि कतारबाट आएकी एक महिलामा यसको संक्रमण भएको देखिएपछि नेपालमा पनि यसको लागि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

यही घातक भाइरसको डरले स्कूल, कलेज र कार्यालयहरू सबै बन्द गरिएका छन्। सरकारले मानिसहरूलाई घरभित्र नै लकडाउन गर्ने बताउँदै आएको छ । घरभित्र नै बस्नुपर्दा यसले धेरै मानिसहरुमा तनाव (मानसिक तनाव) को समस्या बढ्दै जानसक्छ ।

सरकारले नै अर्को सोमबारसम्मको लागि घरबाट बाहिर ननिस्कनको लागि आग्रह गरेको छ । यस्तो अवस्थामा सम्भावित समस्याबाट बच्नको लागि के गर्ने ?

संगीत, पढाई वा चित्रकालाको विकास

यदि तपाईं एक्लै भएको महसुस गर्नुहुन्छ भने मानसिक उदासिनताले झनै स्वास्थ्य समस्या गराउन सक्छ । यस्तो अवस्थामा आफूलाई म पर्ने कुरा पढ्न सकिन्छ । आफ्नो लेखनलाई सुधार्न सकिन्छ । यदि रहर छ भने हामी आफूलाई मन लागेको कुरा पेन्टिङ गरेर बस्न सक्छौं वा हामी मनपर्ने संगीत पनि सुन्न सक्छौं ।

बिहानको पैदल यात्रा

धेरैको बाहिर मर्निङ वाकको लागि जाने बानी अहिले लक डाउनका कारण बन्द भएको हुनसक्छ । तर, आफ्नै घरको छतमा वा सम्भव भए आफ्नै घरको कम्पाउण्डमा मात्रै भएपनि बिहान एक छिन टहलिनु आवश्यक हुन्छ । ताजा हावामा स्वतन्त्र रूपमा सास फेर्दा दिमागले सही दिशामा काम गर्छ । साथै यसले धेरै तनाव हुने समस्यालाई समेत समाधान गर्ने गर्छ ।

साथीहरूसँग कुरा गर्नुहोस्

मानिसहरूलाई भेट्ने र कुरा गर्ने गरेर पनि सम्भावित मानसिक समस्यालाई समाधान गर्न सकिन्छ । यस्तो बेलामा भिडियो कन्फ्रेन्स मार्फत् साथीहरुसँग कुरा गरेर पनि हामी साथीसँग रमाइलो गर्न सक्छौं ।

व्यायाम

व्यायाम स्वास्थ्यको साथसाथै तनाव कम गर्नको लागि समेत प्रभावकारी कुरा हो । व्यायामले हाम्रो शरीरबाट हार्मोनल हार्मोनहरूको उत्पादन गर्ने गर्छ । जसको कारण केही क्षणमा हाम्रो तनाव हराउँछ। तर, यदि तपाईंसँग व्यायाम गर्ने धेरै समय छैन भने दिनमा १५ देखि २० मिनेट मात्रै भएपनि ब्यायाम गर्नुपर्छ ।

एक स्वस्थ आहारको अनुशरण

खानाले नै हाम्रो व्यवहारलाई निर्देशित गर्छ । सात्विक खाना खानेलाई तामसी खाना खानेको भन्दा बढी फाइदा हुन्छ । त्यसैले भनिन्छ तपाईले खाने खानाको प्रकार जस्तो हुन्छ तपाइँको प्रकृति पनि उस्तै हुन्छ। त्यसैले सधै स्वस्थ खाना खानुपर्छ ।

ढुक्कसँग निदाउनुहोस्

मानिसहरू जो निद्रामा सम्झौता गर्दछन् त्यसले उनीहरूको स्वास्थ्यलाई गम्भीर क्षति पुर्‍याउँछ । निन्ऽाको अभावका कारण मानिसहरू विभिन्न शारीरिक र मानसिक रोगबाट ग्रसित हुन्छन् । यदि तपाईं राम्ररी सुत्नुभयो भने शरीरको उर्जा दिनभरीका लागि रहनेछ । साथै, तपाईं आफ्नो काम ठिकसँग गर्न सक्षम हुनुहुनेछ र तपाईंको मुड पहिले भन्दा राम्रो हुनेछ । सामान्यतया ७ देखि ९ घण्टासम्म सुत्नु शरीरको लागि आवश्यक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment