Comments Add Comment

चितवनमा लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ

चितवनका प्रहरी प्रमुख भन्छन्– बिनाकाम निस्किनेलाई पक्रन्छौं

११ चैत, चितवन । कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् ।

लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने उनले बताए । अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस संसद भवन अगाडि मान्छे सम्हाल्न प्रहरीलाई सकस यो पनि पढ्नुहोस सावधान ! लकडाउन उल्लंघन गरे ६ महिना कैद हुनसक्छ यो पनि पढ्नुहोस लकडाउनले कोरोनाविरुद्धको लडाइँ जितिन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment