News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले सांसद क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति सिंहदरबार दक्षिण गेट बाहिर प्रदर्शनसहित आपत्ति जनाएका छन् ।
- समाजका सचिव ठाकुरनाथ गौतमले शहीद परिवारलाई सहयोग नगरेर उल्टै अपमान गर्ने अधिकार कसैलाई नभएको बताए ।
- उनीहरूले रास्वपालाई धितालको अभिव्यक्तिको गम्भीर समीक्षा गरी शहीद र घाइतेको योगदानलाई राष्ट्रिय सम्मानको विषय बनाउन माग गरेका छन् ।
२९ भदौ, काठमाडौं । जेनजी शहीद परिवारहरूले जेनजी शहीद प्रथम प्रथम स्मृति दिवसको कार्यक्रमप्रति रास्वपा सचेतक क्रान्तिशिखा धितालले दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् ।
जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले सोमबार सिंहदरबारमा दक्षिण गेट बाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै उक्त दिनको कार्यक्रमलाई अपमान हुनेगरी सांसद धितालले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।
जेनजी शहीद परिवार कल्याणकारी समाजका सचिव ठाकुरनाथ गौतमले शहीद परिवारलाई कहिल्यै कुनै प्रकारको सहयोग वा साथ नदिएको तर उल्टै अपमान गर्ने अधिकार कसैलाई नभएको बताए ।
शहीद परिवार र घाइतेहरूको त्याग तथा बलिदानलाई हल्का रूपमा लिएर सचेतक धितालले सार्वजनिक रूपमा तल्लोस्तरको अभिव्यक्ति दिएको आरोप उनीहरूको थियो ।
जेनजी शहीद प्रथम स्मृति दिवसलाई कन्सर्टका रूपमा मनोरञ्जन क्षेत्रसँग जोडेर राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले जनता र पीडितहरूको भावनामाथि चोट पुर्याएको उनीहरूको तर्क छ ।
सांसद धितालको अभिव्यक्तिको पार्टीले गम्भीर समीक्षा गरी आफ्नो संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने आफूहरूको माग रहेको उनको भनाइ छ ।
साथै, शहीद परिवार र घाइते समुदायलाई चोट पुर्याउने अभिव्यक्तिविरुद्ध रास्वपाले आवश्यक कदम चाल्नुपर्ने, शहीद तथा घाइतेहरूको योगदानलाई दलीय राजनीतिक स्वार्थभन्दा माथि राखी राष्ट्रिय सम्मानको विषय बनाउनुपर्ने उनीहरूको भनाइ छ ।
प्रतिक्रिया 4