+
+
Shares

संसद्लाई प्रभावकारी बनाउन सत्तापक्ष सक्रिय छ : रास्वपा सचेतक धिताल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले संसद् बैठकलाई प्रभावकारी बनाउन सत्तापक्ष सक्रिय रहेको दाबी गरेकी छिन्।
  • सांसदहरूलाई कार्यक्षेत्रमा खटिन सहज होस् भनी संसद् बैठकमा दुई हप्ताको विश्राम दिइएको धितालले बताइन्।
  • सरकारले नयाँ विधेयक ल्याउने तयारी गरेको भन्दै उनले आगामी दिनमा संसदीय व्यस्तता बढ्ने उल्लेख गरिन्।

१२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संसद् बैठकलाई प्रभावकारी बनाउन सत्तापक्ष सक्रिय रहेको दाबी गरेकी छिन् ।

मंगलबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले लामो समयसम्म सदन सञ्चालन हुँदा सांसदहरू आफ्नो कार्यक्षेत्र र मतदातासँग प्रत्यक्ष संवाद गर्नबाट बञ्चित भएको तथा सदनको उपस्थितिमा समेत केही शिथिलता देखिएकाले दुई हप्ताको विश्राम दिइएको बताइन् ।

आगामी बैठकबाट सदनलाई अझ बढी प्रभावकारी कसरी बनाउने भन्ने विषयमा सामान्य छलफल भएको धितालको भनाइ छ ।

‘सरकारले धेरै विधेयकहरू ल्याउने तयारी गरिरहेको छ, जसका कारण हाम्रो व्यस्तता अझ बढ्ने देखिएको छ । ती विधेयकहरू हालसम्म वेबसाइटमा अपलोड भइनसके पनि सरकार ल्याउने तयारीमा छ । हामी संसदीय अभ्यासमा कतिपय कुराहरू नयाँ छौं,’ उनले भनिन्, ‘पुराना खराब अभ्यासहरूलाई छोडेर नयाँ र सकारात्मक पद्धति अवलम्बन गर्ने क्रममा केही त्रुटिहरू देखिएका हुन सक्छन् । ती विषयमा सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर संवाद भइरहेको छ ।’

सदनमा देखिएको असमझदारी अन्त्य गर्न गम्भीर छलफल भइरहेको र आगामी केही दिनभित्रै सहमति जुट्नेमा उनले विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?