Comments Add Comment

गैंडाकोट नगरपालिकाका मेयरले प्रहरीलाई दिए आफू चढ्ने गाडी !

११ चैत, चितवन । नवलपुरको गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले आफूले चढ्दै आएको गाडी प्रहरीलाई दिएका छन् । कोरोना भाइरसविरुद्ध लड्न आवश्यक सुरक्षा र ब्यवस्थापनको प्रबन्ध गर्न गाडी प्रहरीलाई दिएर सहयोग गरेको प्रमुख पौडेलले अनलाइनखबरलाई बताए ।

गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले कोरोनाको संक्रमणबिरुद्ध लड्न आफूले चढ्दै आएको गाडी केही समयका लागि प्रहरीलाई दिएका छन् ।

उनले चढ्दै आएको बा२झ ३४०४ नम्बरको गाडी इलाका प्रहरी कार्यालय गैंडाकोटलाई बुझाएका हुन् । उनले प्रहरीसँग सिमित स्रोत साधन हुने र अभावसमेत देखिने गरेकोले तेलसहित गाडी दिएको बताए ।

लकडाउनको समयमा पनि प्रहरीका लागि सवारीसाधनको आवश्यकता पर्ने भएका कारण गाडी दिएको नगर प्रमुख पौडेलको भनाइ छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्ऽबहादुर थापाले नगरवासीको सेवा गर्नका लागि यो समयमा धेरै स्रोत साधनको आवश्यकता पर्ने भन्दै नगर प्रमुख पौडेलले गाडीको साँचो प्रहरीलाई बुझाएको बताए ।

उनले यसको सदुपयोग सही कामका लागि गरिने बताए । नगर प्रमुख पौडेलले उपप्रमुखले चढ्ने गाडी नगरपालिकाका स्वास्थ्यका कर्मचारीलाई लागि दिएको बताए ।

गैंडाकोट नगरपालिकाभित्रका नागरिकलाई यो समयमा घर बाहिर ननिस्कन नगरप्रमुख पौडेलले अपिल गरेका छन् ।

उनले गैंडाकोट नगरभित्र यदि कसैलाई कोरोनाको संक्रमण भेटिए नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment