Comments Add Comment

लकडाउनमा कसरी बित्दैछ इटालियनहरुको जीवनशैली ?

विगत तीन हप्तादेखि इटालीभर देखिएको उत्कट महामारीले क्याट्रिओना वालेसको घरमा भने खासै असर गरेको छैन । उनको परिवार बस् बाहिर निस्कँदैनन् । तर, उनीहरुको पारिवारिक गतिविधिमा कुनै भय र सन्त्रासले गाँजेको छैन अहिले ।

उनलाई एक्कासी अन्तर्वार्ताको लागि प्रस्ताव आएपछि भने उनी अनायासै डराउन पुगिन् । क्याट्रिओना भन्छिन्, “म त्यस्तो व्यक्ति होइन, जसलाई यस्ता सामान्य समस्याले अत्याओस् । तर, मैले आज भन्नै पर्छ तपाईंहरुलाई देखेपछि म डराएँ’ क्याट्रिओना भन्छिन् ।

यतिबेलासम्म इटालीको यात्रा गर्न बाहिरबाट जानेहरुलाई सम्भव थिएन । तर, विदेशी संवाददाताहरुले भने स्काईप अन्तर्वार्ता वा मोबाइल फोनमा भिडियोकलको प्रयोगबाट त्यहाँका मानिसहरुले कसरी आफ्नो दैनिकी गुजारिरहेका छन् ? वा इटालीका मानिसहरुको जीवनशैली कसरी चलिरहेको छ ? भन्ने बारेमा जानकारी लिने गरेका छन् ।

अति प्रभावित भएको मिलान शहरबाट करिब ५० किलोमिटर उत्तरमा पर्ने सेस्टो क्यालेन्डेको गाउँमा शान्तिपूर्ण म्यागीयर ताललाई हेरेर क्याट्रिओनाको परिवारले आफूलाई राहतको महसुस गरिरहेका छन् ।

तर, भाइरस छैन वा हुँदैन भनेर ढुक्कसँग बस्न सक्ने अवस्था भने उनीहरुलाई समेत छैन । भाइरस कुनै व्यवस्थित रुपले नभएर जतात्यतै सर्ने खालको भएकोले पनि उनीहरु सचेत छन् । तर, त्रसित छैनन् ।

यो उनको मात्रै नभएर उत्तरी इटालीका अधिकांश मानिसहरुको दैनिकी हो । जसको घरमा अहिलेसम्म कोही पनि कोरोनाको शिकार हुनु परेको छैन । उनीहरु लकडाउनको समयलाई समेत घरभित्र नै आनन्दको साथ बिताउने गरेका छन् ।

क्याट्रिओनाकी एक घनिष्ट मित्र उनको घरभन्दा करिब २०० मिटर तल रोडको तल्लो भागमा बस्ने गर्छिन् । ५० वर्षीय ती छिमेकीलाई श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि अस्पताल लगियो । उनीहरुलाई कुनैपनि अन्य स्वास्थ्य समस्या भने थिएन । “उहाँलाई समातेको रोगले मलाई पनि झस्कायो किनभने उहाँमा सोमबार कोरोनाको लक्षण देखियो भने मंगलबार मात्रै उहाँलाई अस्पताल लगिएको थियो । यसले संक्रमण फैलाउन सक्ने तर्फ हामीहरु सचेत छौं ।’ उनले भनिन् ।

उनलाई कोरोनाको संक्रमण देखिनुभन्दा एक दिन अघि उनले क्याट्रिओना र परिवारलाई एउटा सामाजिक सभामा बोलाउन तिनै छिमेकी आएका थिए । तर, संयोगले सोही समयमा उनीहरु कुकुरलाई घुमाउनको लागि बाहिर गएका थिए ।

त्यसकारण उनीहरु त्यो सामाजिक समारोहमा जानबाट बँचे र कोरोनाको संक्रमण उनीहरुमा फैलिन पाएन । त्यहाा उपस्थित धेरैलाई त्यो समस्या फैलिएको देखिएको छ ।

धेरै इटालियनहरूलाई क्याट्रिओनाको जस्तै लकडाउन हुन्छ भन्ने बारेमा पहिले जानकारी नै भएन । यो सुरुवाती समयमा सामान्य प्रतिबन्धमा नै सीमित थियो । तर पछि एक्कासी कडा प्रतिबन्ध लगाइएको हो ।

पहिले ठूलो जमघट र सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको थियो । सबै किसिमका खेलहरु रद्द गरिएका थिए । स्कूलहरू बन्द भएका थिए र बिद्यार्थीहरुलाई भिडियो कन्फ्रेन्सबाट पढाउन सुरु गरिएको थियो ।

तर, एकदिन बिहान उठ्ने बित्तिकै सानो समूहमा हिँड्न पनि दिइएन, परिवारका सदस्यहरुसँग समेत कम्तिमा एक मिटर टाढा बस्न भनियो । ‘मैले यस्तो सपना कहिले पनि सोचेको थिइनँ कि दुई तीन हप्तामा नै हामी यस्तो अवस्थामा पुग्नेछौं भनेर, मैले यस्तो कल्पना पनि गरेको थिइनँ किनकि यो एकदम अभूतपूर्व परिस्थिति हो । मैले यस्तो कहिल्यै देखेको थिइन ।’

लकडाउनको एक हप्तापछि

धेरै इटालियनहरुले लकडाउनको एक साता पछिसम्म पनि आफूलाई खासै दु:खी महसुस नगरेको अष्ट्रेलियाको समाचार संस्था एबिसी न्युजले जनाएको छ । उनीहरुले पार्कमा जान पाएका छैनन् र साथीहरुलाई भेट्न जान पाएका छैनन् । तर, उनीहरुले घरभित्रै एउटा सुरक्षित किसिमको माहोल तयार पारेर बसेका छन् ।

श्रीमान् श्रीमतीहरु आफैंमा नाच्ने गरेका छन् । बच्चाहरु घरबाटै भिडियो कन्फ्रेन्सबाट पढ्ने गरेका छन् । गृहिणीहरु घरमा नै ब्यस्त हुन थालेका छन् । इटालीका प्रधानमन्त्री ज्युसेप्पी कोन्टेले इटालियनहरूलाई खानाको अभाव हुन नदिने भनेर आश्वासन दिएका छन् ।

‘हामीले नियमित बाहेक अलिकति पनि धेरै भण्डारण गरेका छैनौं ।’ एरियल भन्छिन्, हामीहरुको लागि अति आवश्यक भनेको खाना नै हो । अरु एक दुई दिन खाना बिना बाँच्न सक्लान् या कम खाना खाएर बाँच्न सक्लान् ।

हामीलाई परिकार समेत कम हुनु हुँदैन । तर, पनि हामीले खानाको भण्डारण गरेका छैनौं ।’ ’इटालीमा ट्वाइलेट पेपरको अभाव छैन किनकी हामीहरु बिडेट प्रयोग गर्छौं“, ठट्यौली पारामा उनले भनिन् ।

लकडाउनको समयमा बच्चाहरु

सात वर्ष उमेरका बाल्सोट्टीको यति ठूलो महामारीको समयमा समेत विद्यालय बन्द छैन । सदाझै बिहान नौं बजेदेखि ९ बजे उनको शिक्षक र सहपाठीहरूको साथ भिडियो कन्फरेन्सबाट कक्षा सुरु हुन्छ । उनी यो भिडियो कलमा सामेल हुनको लागि कोडमा ट्याप गर्छिन् ।

उनको आइप्याडमा नै सबै कक्षाहरु चल्छन् । साथीहरुसँग हाँसोमजाक पनि त्यसरी नै चल्छ । यहीँबाट उनको होमवर्क दिइन्छ । भोलिपल्ट यहीँबाट होमवर्क बुझाउनु पर्छ । अरु समय बच्चाहरु समेत घरमा नै परिवारसँग रमाएर बस्ने गर्छन् ।

अष्ट्रेलियाको एबिसी न्यूजबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment