+
+
Shares

सप्तरीका सबै पत्रपत्रिकाको प्रकाशन बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते २०:३१

१२ चैत, सप्तरी । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लक डाउन गर्ने निर्णय गरेपछि सप्तरीका पत्रपत्रिका प्रकाशन बन्द भएको छ ।

बुधबारदेखि जिल्लाबाट प्रकाशित हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द गरिएको छ । जिल्लाबाट एक दर्जन दैनिक पत्रिका र तीन दर्जन साप्ताहिक पत्रिका नियमित प्रकाशन हुँदै आएको छ ।

सरकारको लक डाउन गर्ने निर्णयसँगै प्रेसका कर्मचारीहरु घरमै बस्न थालेका कारण पत्रिका प्रकाशन बन्द गरिएको आजको वातावरण दैनिकका प्रकाशक समेत रहेका प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले जानकारी दिए ।

लक डाउनको समयमा बाहिर निस्किन समेत नमिल्ने भएका कारण पत्रिका प्रकाशन गर्न समस्या भएको नेपाल पत्रकार महासंघ, सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले बताए ।

जिल्लाबाट संचालित अनलाइनहरु भने सञ्चालन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?