+
+

बाराबाट ३० क्विन्टल छोकडा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते १५:१८

१४ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण महामारीको रूपमा फैलिरहेको छ । जोखिम नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेको छ । सुरक्षा निकाय लकडाउनको पूर्ण पालना गराउनका लागि खटिरहेका छन् ।

त्यसैको मौका छोपेर तस्कर सल्बलाएका छन् । लकडाउनको समयमा तस्करी हुँदै गरेको तीस क्विन्टल छोकडा प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको विश्रामपुर गाउँपालिका-२ कान्तिपुर टोलको बाटो हुँदै भारततर्फ लैजान लुकाएर राखिएको छोकडा बरामद भएको हो ।

शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले बरामद गरको छोकडाको बजार मुल्य ३ लाख अनुमान गरिएको छ ।

भारततर्फ निकासिको लागि लुकाएर राखेको अवस्थामा ३० क्विन्टल अवैध छोकडा र ओसार्नका लागि तयारी अवस्थामा राखिएको १२ वटा साइकल समेत नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता एवं डीएसपी गौतम मिश्रले जानकारी दिए ।

बरामद गरिएको छोकडा र साइकल आवश्यक कारबाहीको लागी मूल भन्सार कार्यालय वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?