+
+
Shares

६ लाख भन्दा बढीलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते १४:५९

१५ चैत, काठमाडौं । कोभिड–१९ महामारीबाट संक्रमितको संख्या ६ लाख नाघेको छ । शनिबार मध्यान्हसम्म ६ लाख ८३५ जनामा यसको संक्रमण देखिएको हो ।

कोरोना भाइरस संक्रमितमध्ये एक लाख ३३ हजार ४ सय  २६ जना भने निको भइसकेका छन् । २७ हजार ४१७ जनाले ज्यान गुमाइसकेका छन् ।
चीनबाट सुरु भएको कोभिड–१९ को संक्रमण एक सय ९९ देशमा पुगेको छ ।

नेपालमा विदेशबाट आएका चार जनामा यसको संक्रमण देखिएको छ । उनीहरू तीन जनाको उपचार चलिरहेको छ भने एक जनाले स्वास्थ्य लाभ गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?