
१६ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण नवजात शिशुको ज्यान गएको छ । अमेरिकाको सिकागोमा कोरोना भाइरसको कारण शनिबार नवजात शिशुको ज्यान गएको इलोनिस डिपार्टमेन्ट अफ पब्लिक हेल्थका निर्देशक न्गोज एजिकेले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।
अहिलेसम्म अमेरिकामा कोभिड–१९ को कारण अमेरिकामा नवजात शिशुको ज्यान गएको थिएन । एजिकेले शिशुको मृत्युको विषयमा पूर्णरुपमा अनुसन्धान भइरहेको बताएका छन् ।
यसअघि चीनको वुहानमा पनि १० महिनाको शिशुको कोरोना भाइरसको कारण ज्यान गएको थियो । उक्त शिशुलाई अस्पतालमा भनाई गरिएको ४ सातापछि ज्यान गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4