
१७ चैत, काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको औषधि एवं अरु उपकरणहरु उत्पादन गर्ने कम्पनीलाई आर्थिक सहायता दिने भएको छ ।
अहिलेसम्म पत्ता नलागेको कोरोनाविरुद्धको औषधि र उपकरण उत्पादन गर्ने कम्पनीलाई एक अर्ब डलरको आर्थिक सहायता दिने भएको हो।
बैंकले ल्याएको यो योजनामा कोभिड-१९ नियन्त्रणको लागि आवश्यक सामग्री फार्मेसी उद्योगका उत्पादक तथा वितरक र स्वास्थ्य स्याहार प्रदायक कम्पनी पर्नेछन् ।
त्यसका साथै भेन्टिलेटर, मास्क, पीपीई, सेनिजाइजर र अन्य उपभोग्य सामग्री निर्माणको क्षमता बढाउन स्वयंसेवकको रुपमा काम गर्ने गैर-चिकित्सा कम्पनीलाई पनि वित्तीय सहयोग गर्ने बैंकले जनाएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकका कर्पोरेट, कमर्सियल एण्ड इन्स्टिच्युसनल बैंकिङका सिईओ सिमोन कुपरले स्वास्थ्य क्षेत्रका सामग्रीको माग अहिले निकै चुलिएकाले उनीहरुलाई थप सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो योजना ल्याइएको बताए ।
प्रतिक्रिया 4