+
+
Shares

कांग्रेसको सदस्यता व्यवस्थापन समितिले सुदूरपश्चिममा अन्तरक्रिया गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते ८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले ११ जेठमा कञ्चनपुर महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ।
  • संयोजक प्रदीप पौडेलको उपस्थितिमा हुने अन्तरक्रियामा केन्द्रीय र प्रदेशका पदाधिकारी, जिल्ला सभापति र प्रविधिविज्ञ सहभागी हुनेछन्।
  • कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सुदूरपश्चिम प्रदेश कार्यसमितिलाई समन्वय र सहजीकरण गर्न अनुरोध गरेका छन्।

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ ।

संस्थापन इतर समूहले सदस्यता अद्यावधिक नगर्ने अडान लिइरहेका बेला महामन्त्री प्रदीप पौडेल संयोजकत्वको समितिले सुदूरपश्चिममा अन्तरक्रिया गर्ने भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले ११ जेठमा कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा अन्तरक्रिया गरिने जानकारी दिए । उनका अनुसार संयोजक पौडेलको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिने छ ।

कार्यवाहक मुख्य सचिव दुलालले विज्ञप्ति जारी गरेर अन्तरक्रियाका लागि सुदूरपश्चिम प्रदेश कार्यसमितिलाई आवश्यक समन्वय र सहजीकरण गरी दिन अनुरोध गरेका छन् ।

अन्तरक्रियामा केन्द्रीय कार्यसमितिमा रहेका सुदूरपश्चिम प्रदेशका पदाधिकारी र सदस्यहरू, प्रदेश भित्रका जिल्लाहरूमा खटिएका ‘जरा अभियान’ का केन्द्रीय प्रतिनिधिहरू सहभागी हुने छन् ।

यस्तै प्रदेश कार्यसमितिका पदाधिकारीहरू, प्रदेश भित्रका जिल्ला सभापतिहरू, प्रदेश भित्रका प्रतिनिधि सभाका क्षेत्रीय कार्यसमितिका सभापतिहरूसँगै एक/एक जना प्रविधिविज्ञ र कार्यक्रम आयोजना हुने कञ्चनपुरका पालिका पार्टी सभापतिहरू पनि सहभागी हुने दुलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?