+
+
Shares

कांग्रेस सांसद श्रेष्ठको प्रश्न– सरकारले दिने रकमले सुकुमवासीको समस्या सुल्झिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले भूमिहीन सुकुमवासीलाइ संविधान र मानवअधिकारअनुसार बाँच्न पाउने अधिकार नपाएको टिप्पणी गरे।
  • श्रेष्ठले स्थायी समाधानबिना बस्ती हटाउनु अनुचित भएको र वैकल्पिक व्यवस्था गरेर मात्र भत्काउनुपर्ने बताए।
  • सर्वोच्च अदालतले रोक लगाइसकेपछि पनि कतिपय स्थानमा घरटहरा भत्काउने क्रम जारी रहेको र राहत अपर्याप्त रहेको उल्लेख गरे।

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले भूमिहीन सुकुमवासीले संविधान र मानवअधिकारअनुसार बाँच्न पाउने अधिकार नपाएको टिप्पणी गरेका छन् ।

बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनलेस्थायी समाधानबिना बस्ती हटाउनु अनुचित भएको बताए ।

‘भूमिहीन सुकुमवासीहरूले मानव भएर मानव अधिकार, संविधानको अधिकार प्राप्त गरे कि गरेनन् ? भन्ने कुरा महत्वपूर्ण छ । यसमा विधिको शासन भयो कि भएन ? स्थायी समाधानको उपाय नगरिकन भूमिहिन सुकुमवासीहरूलाई उठाउन उपयुक्त थियो कि थिएन ? त्यसको बारेमा गम्भीर छलफल हुनुपर्छ । वैकल्पिक व्यवस्था गरेर मात्रै भत्काउनुपर्छ,’ उनले भने ।

सर्वोच्च अदालतले रोक लगाइसकेपछि पनि कतिपय स्थानमा घरटहरा भत्काउने क्रम जारी रहेको उनको भनाइ छ ।

होल्डिङ सेन्टरको अवस्था दर्दनाक रहेको उल्लेख गर्दै उहाँले सरकारले उपलब्ध गराउने राहत पनि अपर्याप्त भएको टिप्पणी पनि उनले गरे ।

‘सर्वोच्च अदालतले यसलाई रोका गरिसकेको छ, तर पनि कतिपय ठाउँमा अझैपनि घर टहरा भत्काउने काम भईरहेको छ । नागरिकको बाँच्न पाउने अधिकार छ,’ उनले भने, ‘होल्डिङ सेन्टरमा अत्यन्त दर्दनाक तस्वीर देखिन्छ । सरकारले दिने भनेको राहत पर्याप्त छ कि छैन । सरकारले दिने सानो रकमले उनीहरूको समस्या समाधान हुन्छन् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?